बिजय धिमाल- झापाको दमकमा आयाेजित मिस्टर एण्ड मिस कलेज २०२२ का सहभागी सुन्दरीहरु प्रति सेक्ससुअल हेरेस्मेन्ट भएकाे खुल्नमा आएकाे छ ।
बिगत निकै लामाे समयदेखि पूर्विक्षेत्रमा ब्युटि प्रेजेन्ट गर्दै आएकाे शंखर आर्टस् फाउन्डेसनका डाइरेक्टर लालबहादुर शंखरबाट यस्ताे हर्कत हुन गएकाे हाे । जुन युवती प्रति यस्ताे हर्कत भएकाे हाे उनले आफ्नो फेसबुक वालमा आफ्नाे भनाइ राख्दै म्यसेन्जर र वाट्सएपमा भएकाे कुराकानी समेत पाेस्ट गरेकि छिन् । याे गलत हर्कत भएको भन्दै अन्य युवतीहरुलाई सजग रहन आग्रह समेत गरेकी छिन । शंखरले म्यासेजमा “प्रतियोगिता जित्ने हाे भने म संग नजिक हुनुपर्छ र मैले तिमीलाई जिताए भने मलाई के दिन्छाै” भन्ने जस्ता म्यासेज गरेकाेमा आफुलाई याैन उत्पिडनमा पारेकाे बताउछिन् । यस्ताे कुराले आफूलाई असह्य पीडा र मानसिक तनाव भएको र सम्बन्धित निकायले कानुनकाे दायरामा ल्याएर अनुसन्धानगरी कार्वाहीकाे माग गरेकि छिन् । थप्दै फाइनल कार्यक्रमकाे टिकट समेत बिक्री गर्नुपर्ने, टिकट बेच्नेकी आफ्नो पर्फरमेन्स प्रति ध्यान दिने ? यस्ता हर्कतले सहभागीहरुलाई तनाव समेत दिएकाे बताइन् ।
क्षमता अभिवृद्धि भन्ने सवालमा खुलेआम ब्यपार वा कमाउ धन्दा सर्वबितित्तै छ । यस्ता खाल्काे हर्कतलाई स्थानिय सरकार र सम्बन्धित निकायले गहन रुपमा लिनुपर्ने अवस्था देखिएको छ । क्षमता अभिवृद्धि भन्याे अभिभावकलाई मख्ख बनायाे यता छाेरीलाई आयाेजककाे केही भनाैदाले ठुलो मान्छे बनाईदिन्छु, फिल्मकाे हिराेनि बनाईदिन्छु, मैले भनेकाे मानीसभने फस्ट नै बनाईदिन्छु भनी लुछिरहेकाे के थाहा । लुछ्नु लुछ्याे एउटिले मलाई फस्ट बनाईदिनु पर्याे भन्दै आयाेजककाे प्रमुखले साेचेकाे नाफा भन्दा बढि दिएमा उ नै प्रथम बन्छ उता सपना देखाएर लुछिसकेकाे युवतीकाे हालत के हुन्छ ? क्षमता अभिवृद्धि हैन पुरै डिप्रेशनमा यही अवस्था हुदैगएमा के हाेला अबकाे व्युटि प्रेजेन्ट ? हुनत मन मिल्दा चमत्कार मन नमिल्दा बलात्कार । याे अवस्था सृजना नभएकाे त पक्कै हैन तर सबै स्त्री वा युवती त्यस्ता नहाेला ।