
उर्लाबारी वडा नं-१ कार्यालयमा सेवाग्राहीका लागि हेल्प डेस्क स्थापना गरिएको छ,वडाअध्यक्ष तिलक पाण्डेले सेवाग्राही हरूकाे निम्ति आज बाट हेल्प डेस्क सुरू गरेको जानकारी दिनुभयो ।
हेल्प डेस्कबाट वडा कार्यलयमा आउने सेवाग्राहीहरूको विभिन्न किसिमका निवेदन ,फर्महरू निशुल्क रूपमा भरिनुका साथै सहजिकरण गरिनेछ । सो कार्यको निम्ति जनप्रतिनिधी र कर्मचारीले सहयोग गर्नु हुने वडाध्यक्ष तिलक पाण्डेले जानकारी दिनुभयो ।