विजय धिमाल -मोरङको पथरीशनिश्चरेका निवर्तमान नगर प्रमुख दिलीपकुमार राई र पूर्व उप-प्रमुख यमुना विष्ट बास्तोलालाई मुहारचित्रले सम्मानित गरिएको छ ।
‘जीवनका लागि विश्वव्यापी अनुकुल वातावरण’ शिर्षकमा १ नम्बर आइएमइ अन्तर विद्यालय चित्रकला प्रतियोगिता समापनका अवसरमा नगर प्रमुख राई र उपप्रमुख बास्तोलालाई मुहारचित्रबाट सम्मानित गरिएको हो । उहाँहरुले कला साहित्य क्षेत्र प्रवर्द्धनमा सघाउ पुर्यएकाे भन्दै साे कुरालाई मनन् गर्दै सम्मानित गरिएको उल्लेख छ । आइएमइ डिजिटल सोलुसनको मुख्य प्रायोजन र पञ्चायत मावि पथरीशनिश्चरेको सह-प्रायोजनमा स्थानीय एभरेष्ट आर्ट फ्यूजनकाे सञ्चालनमा गरेको प्रतियोगितामा पब्लिक हाइस्कुल धरान सुनसरीका रुपक राई प्रथम भएका थिए भने प्रतियोगितामा, इस्ट होराइजन अंग्रेजी विद्यालय मेचीनगर झापाका अभिषेक प्रधान द्वितीय र सोही विद्यालयका सलेस राजवंशी तृतीय भएका थिए । ब्लू हेभन इजुकेशन फाउण्डेशन् अर्जुनधारा झापाका सजल मगर र पथरीशनिश्चरेस्थित एभरेष्ट बोर्डिङकी सजु ओख्राबु सान्तवना बन्न सफल भएका थिए । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार पुरस्कार तथा सान्त्वनाले पञ्चायत माविमा सञ्चालित फाइन आर्टमा अध्ययनका लागि कक्षा ११ र १२ का लागि ५० प्रतिशत छात्रबृत्ति प्राप्त गरेका छन् । एसइइ परीक्षा दिएर बसेका विद्यार्थीका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्बापोले पुरस्कार वितरण गर्दै नगरमा कला साहित्यको प्रवद्र्धनमा नगरपालिकाले साथ सहयोग प्रदान गरिरहने वताउनु भयो । उप-प्रमुख देवीमाया काफ्ले, पूर्व नगर प्रमुख दिलीपकुमार राई, पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले पनि कला र साहित्यको प्रवर्द्धन, समाज विकासका लागि आवश्यक तत्व भएको बताए । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सरोजा खड्गी, यसअघिका प्रतिष्ठानका प्राज्ञ सदस्य पवन राजवंशी, आइएमइका प्रदेश प्रमुख भवानी प्याकुरेल, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी सहितले मन्तव्य व्यक्त गरेका थिए । एभरेष्ट आर्ट फ्यूजनको पहलमा विगत २ वर्षदेखि पञ्चायत माविमा कक्षा ११ र १२ मा फाइनआर्ट विषय पठनपाठन हुँदै आएको छ । फ्यूजनले सेरामिक पार्कको अवधारणा अघि सारेर सो निर्माणको पहल थालिएकाे छ ।
कार्यक्रम भने भुमिप्रसाद पाठककाे संयाेजकत्वमा सम्पन्न भएकाे  थियाे ।     

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय