बिजय धिमाल,उर्लाबारी २८ जेठ । माेरङकाे उर्लाबारी नगरपालिका ५ सिसाैली अरुण टाेल स्थित उर्लाबारी धिमाल टाेल समितिले धिमाल ग्रामथान उद्घाटन संगै बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।
नयाँ वर्षको आगमन संगै बैशाख २ गते माेरङ राजारानी धिमाल डाँडादेखि धिमाल समुदायमा जातिर/सिरिजात सुरु भएकाे हाे । कार्यक्रमकाे उद्घाटन भने उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल र उपमेयर मिना पाैडेलबाट भएकाे थियाे । यसै क्रममा माेरङकाे उर्लाबारी स्थित याे वर्ष नयाँ उर्लाबारी धिमाल टाेल थपिएको समितिका अध्यक्ष बिनाेद धिमालले जानकारी दिए । वडा नम्बर ४, ५ र ६ मा बसाेवास गर्दै आएका धिमाल जातिले नयाँ थप टाेल समिति निर्माणगरी प्रथम पटक बृहत कार्यक्रमको आयाेजना गरिएकाे समितिका उपाध्यक्ष प्रताप धिमालले जानकारी दिए ।
कार्यक्रममा लामाे समयदेखि फुटबल खेलमा निरन्तरता दिदै आएका उर्लाबारी ६ का फुटबल खेलाडी बिजय धिमाल र रजिन धिमाललाई सम्मान गरिएकाे थियो । त्यस्तै धिमाल जातिको माैलिक धिमाल नाच भने झापा अढिमहलबाट, माेरङबाट पथरीशनिश्चरे र रतुवामाई इटहराका कलाकारहरुले प्रदर्शन गरेका थिए । धिमाल समुदायको राष्ट्रिय गायक डिकबहादुर धिमाल, राजेश धिमाल, सुरेश धिमाल र हास्यकलाकार बिक्रम धिमालकाे बेजोड प्रस्तुति रहेकाे थियाे भने सिताेरिया कराँते उर्लाबारी डाेजाे जुनियर काता प्रदर्शन रहेकाे समितिका सचिव मानबहादुर धिमालले जानकारी दिए । पुर्खादेखि जाेडिदै आएकाे धिमाल जातिकाे यस पर्वलाई जिवन्त राख्न सकेकाे साथ र सहयाेग रहने र धिमाल जातिलाई पर्वकाे शुभकामना व्यक्त गरेका थिए वडा नम्बर ५ का युवा वडा अध्यक्ष रबिन लामा, मेयर र उपमेयरले आफ्नाे भनाई राखेका थिए । यता कुराले मात्रै ठिक्क पर्ने ब्यवहारमा भने लागू नभएकाे, पहिलाे जाति भनेर घाेषणा गरियाे लागू खै ?, अन्य मठमन्दिर र अन्य जातिकाे पर्वमा रकम छुटाइन्छ धिमाल जातिलाई खै ? जस्ता सम्बन्धित निकायलाई प्रश्न गर्दै धिमाल जाति एक जुट भएर अब माग्न जरुरी छ भन्दै समुदायलाई आग्रह गरे धिमाल जातीय बिकास केन्द्रका केन्द्रीय महासचिव मात्रिका धिमालले । थप्दै आगामी असार २ गते धिमाल परियाेजना स्थल दस बिगे मंगलबारेमा धिमाल जातिकाे पर्व समापन हुदैछ साे एक दिन माेरङ, झापा र सुन्सरी जिल्लामा सरकारी विदा हुनुपर्ने जाेड दिदै मन्त्रालय देखि स्थानिय तहमा समेत माग सहित ज्ञापन पत्र बुझाएको जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, विशिष्ट अतिथि उपमेयर मिना पाैडेल, धिमाल जातीय बिकास केन्द्रका केन्द्रीय महासचिव मात्रिका धिमाल अतिथिहरुमा वडा नम्बर ५ का वडा अध्यक्ष रबिन लामा, नव निर्वाचित जनप्रतिनिधि, स्थानिय बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे भने उर्लाबारी धिमाल टाेल समितिका अध्यक्ष बिनाेद धिमालकाे सभापतित्वमा कार्यक्रम समापन भएको थियाे ।