
सोनि कु. आङ्देम्बे,जेठ २८ । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर एक पुरुष ९ बजेदेखि हिँडिरहेका छन् ।
परिवारमा झगडा भएपछि उनी ६४ हजार भोल्ट पावर भएको विजुलीको तारमा बिहान देखि लठारो समात्दै हिँडिरहेका छन् । उनको मानसिक सन्तुलन ठीक नभएको स्थानीय बताउँछन् ।
उनी ६ घण्टादेखि तारको लठारो समातेर हिँडिरहेका छन् ।
यस विषयमा ककनी प्रहरी कार्यालयलाई खबर गरिसकिएको र प्रहरी पनि सोही स्थानमा आइपुगेका छन् । उनलाई फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका छन् ।