सोनि कु. आङ्देम्बे । ककनी गाउँपालिकाको विद्युत प्रसारण लाइनमा ४४ बर्षका माइला बिक तारमा समातेर हिडिरहेका छन्।

घर झगडा भएपछि माइला बिक बिजुलीको पोल माथी चडेको रहेछन् । मानसिक अवस्था कम्जोर रहेको माइला बिहान ११ बजे बिजुलिको पोलमा चडेको जानकारी स्थानीयले पाएका थिए ।

स्थानीय र प्रहरी मिलेर उनलाई सकुशल मुनि झार्न अनेक प्रयास गर्दा पनि असफल भएको ककनी गाउँपालिका नवनिर्वाचित अध्यक्ष सुमन तामाङ बताउँछन् ।

“मैले यहाँ प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि सेनाको हेलिकोप्टर बोलाएर उद्धार गरौं भनेर भनेको छु,” उनले भने, “विद्युत् प्राधिकरणले पनि घण्टाको १० लाख खर्च भइरहेको जनाएको छ । हामीले अनेक प्रयास गर्दा पनि तल झार्न सकेनौं ।”

तामाङका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ । “उहाँको मानसिक अवस्था ठिक रहेनछ,” तामाङले भने, “उनको मानसिक अवस्था ठिक नभएपछि श्रीमतीले पनि छाडेकी रहिछन् । बुबाआमा पनि उनकै कारणले छुट्टै बस्दा रहेछन् ।”

तामाङका अनुसार स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेको तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय