बिजय धिमाल,उर्लाबारी ३० जेठ । झापाकाे गाैरादह ५ चप्रामारी दैतागाउँका एक दम्पतीबाट मलद्वार नभएकाे सन्तानकाे जन्म भएकाे छ ।
जन्मिएकाे छाेराकाे लिङग रहेकाे छ भने मलद्वार जन्मिदै नरहेकाे सम्बन्धित परिवारले जानकारी गराएका छन् । पहिलाे सन्तानकाे रुपमा जन्मलिएकाे पहिलाे छाेरा जन्मिएपछि खुसिले दंग थिए तर केही समयपछि मलद्वारनै छैन भन्दा खुसिकाे क्षणा निरासमा बदलियाे । झापाकाे दमक आम्दामा जन्मपछि लगतै धरान स्थित घाेपामा उपचाररत छन् । नानी अहिले ४ वर्षको भैसक्याे र चार पटकनै अप्रेसन गरीसकेकाे नानीकाे बाबा र आमाले जानकारी गराए । अबकाे पाचौं पटक अन्तिम फाईनल अप्रेसन रहेकाे र याे अन्तिम घडीमा आर्थिक समस्या भएकाे दु:ख व्यक्त गर्दछन् दम्पती ।
घर झापाकाे बिकट ठाउँमा भएकाेले सहजताकालागी माेरङकाे पथरीशनिश्चरे वडा नम्बर १ सुनाखरी टाेल स्थित काेठा डेरा लिएर बसिरहेका छन् । निम्न परिवार दम्पती दैनिकी र नानीकाे उपचारकालागि हाटबजार, पसल र हाइवेमा कुद्ने बसका यात्रुहरुसंग हात फैलाउदै वा सहयाेग माग्दै हिडिरहेकाछन् । नानी च्यापेर उपचारकालागि दम्पती हिडेकाे देखेर बसमा सवार एक यात्रु दमक निवासी बिनाेद दास देखे त्यसपछि साथीहरू जमुना शिवा, राेजिना महते, कुमार लामिछाने र केही साथीहरू सल्लाहगरी नानिकाे उपचारमा सहयाेग मिलाेस भनी रसिद छपाएर रकम उठाइ दम्पतीलाई ४५ हजार बुझाएका छन् । नानीकाे उपचारकालागी सहयाेग रकम उठाउदै गर्दा दमक इलाका प्रहरी कार्यालय हिरासतमा बस्नुपर्याे बिनाेद । बारम्बार दुईनम्बरी काम हैन सबुत समेत पेस गर्दासमेत प्रहरीले आनाकानी गरिएकाे र के गरिव तथा पिडितलाई हामीले सहयाेग गर्न नपाउने भनी प्रश्न गर्छन बिनाेद ।
कसैले सहयाेग गर्न चाहानु हुन्छ भने गुहिएश्वरी मारचेन्ट बैंक खाता नम्बर १०१२८००००००५९२ बिरामी साैगात सर्माकाे बाबा मन्ताेपलाल सर्मा र आमा उर्मिला पण्डितकाे सम्पर्क नम्बर ९८१०५४४३३६ र ९८१५३५०८१६ रहेकाे छ ।