
बिजय धिमाल,उर्लाबारी ३ असार । उर्लाबारी वडा नम्बर ९ स्थित प्रभात आधारभूत विद्यालयका ६,७ र ८ कक्षाका ४३ जना विद्यार्थीलाई विदेशबाट कापी र ज्यामिट्रि बक्स सहयाेग भएकाे छ ।
उर्लाबारी वडा नम्बर ९ खाेपिडाँडा निवासी हाल हङकङमा रहेका जीवन पाेमाेले व्यक्तिगत सहयाेग गरेकाे हाे । शुक्रबार विद्यालयमा हुने साप्ताहि अतिरिक्त कार्यक्रम अन्तरगत समय पारेर स्थानिय प्रतिनिधि सुरेन्द्र पाेमाेबाट शैक्षिक समाग्री वितरण गरिएकाे थियाे । यसअघि जीवनले यस विद्यालयलाई ३ पटक सहयाेग गरिसकेका छन । यस अघि शिक्षक प्राेत्साहन दस जना, अभिभावक प्राेत्साहन, विद्यार्थी प्राेत्साहन अन्तर्गत नेपाली, अंग्रेजी र गणित विषयमा ६० प्रतिशत ल्याउनेलाई विषयकाे पाँच सय सहयाेग दिदै आएका छन् । २०७७/०७८ मा स्थानिय दाजुभाइ खड्ग र पुर्ण चाेङवाङले एक निजी शिक्षकलाई तलव दिएका थिए भने यस वर्ष जीवन पाेमाे एक्लैले दुई जना निजि शिक्षकलाई तलव दिने निर्णय गरेकाछन ।
सानाे छदा यसै विद्यालयबाट अौपचारिक शिक्षा लिएकाे स्मरण गर्दै जीवन आफू स्वदेशमा रहेर आफ्नो गाउँकाे स्कुल र अध्ययनरत विद्यार्थीलाई सकेकाे सहयाेग गरि शिक्षित गाउँ, समाज र व्यक्ति निर्माण हुन्छ भन्ने हेतुले सहयाेग गरेकाे हङकङबाट फाेनगरी जानकारी गराए । राष्ट्रिय शैक्षिक सुधार अन्तरगत सहयाेगकाे आश्वासन देखाई हाल सम्म केहिपनि साथ, सहयाेग नभएकाे दुखेसो गरे विद्यालयका प्रधान्याध्यापक माेहन चापागाईंले । हाल सम्म यस विद्यालय दातृसंस्था र व्यक्तिगत सहयाेगमा संचालन भैरहेको जानकारी गराउदै नगर र वडामा शैक्षिक सुधारकालागि माग गर्नजाँदा कुनै कार्यक्रम र सहयाेग नहुने भन्दै फर्काउने र सामान्य भाैतिक सुधारकालागी सहयाेग मात्रै रहेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर सुब्बा लिम्बूले जानकारी गराए । यस विद्यालयलाई हाल सम्म विभिन्न व्यक्ति र संस्थाले सहयाेग गर्दै आाएकाे स्मरण गर्दै आज एक्लैले यतिका सहयाेग गर्ने जिवनलाई विद्यालय समिति र प्रधान्याध्यापकबाट धन्यवाद ज्ञापन गरेका थिए ।
शैक्षिक हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधान्याध्यापक माेहन चापागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर सुब्बा लिम्बू, स्थानिय प्रतिनिधि सुरेन्द्र पाेमाे, स्थानीय समाजसेवी बुद्धिजीवी र अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।