बिजय धिमाल,उर्लाबारी ४ असार । माेरङकाे उर्लाबारीमा पहिलो पटक आयाेजित आदिवासी जनजाति फुड फेष्टिबल दाश्राे दिन गीतसंगीतमय र सांस्कृतिक जातिय नाच भब्य भएकाे छ ।
आदिबासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचाहनलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद्,उर्लाबारीका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयाेजक सम्सेर लिम्बूले जानकारी दिए ।
उक्त फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, सन्थाल, नेवार सहित स्थानीय जातजातीका मौलिकता सहित पराम्परागत खाना यथावत संगै जातीय नाचगान संगै स्थानिय विद्यालयहरुकाे समेत सहभागी रहेकाे थियाे । आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष मणीलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको दाश्राे दिन आदिवासी जनजाति महासंघ प्रदेश अध्यक्ष धुर्ब मेन्याङबाेले उदघाटन गरेकाथिए । बिशिस्ट अतिथि आदिवासी जनजाति महासंघ पूर्व जिल्ला उपाध्यक्ष नरबहादुर माेक्तान रहेका थिए ।
उहाँले कथा सुनाउदै राज्यले देखाउने सहयाेग भने पटक्कै नदिने आदिवासी जनजातिलाई उपेक्षित गरेकाे गुनासो गर्दै अब जातजाति एक भएर लागिपर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जातिका वा संस्थाकाे प्रमुख र स्थानिय विद्यालयका प्रतिनिधि लगायत अतिथिहरु रहेका थिए । कार्यक्रम असार ५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । दाेश्राे दिनकाे कार्यक्रममा धिमाल जातिकाे राष्ट्रिय गायक संजिव धिमाल, स्थानीय गायक ताराबिर पाण्डे र सुरेश धिमाल स्थानिय जातिय नाचगान लगायतको प्रदर्शन रमाईलाे भएकाे थियाे । अन्तिम दिन स्थानिय गायक नन्दु गुरुङ लगायत स्थानिय कलाकरहरुकाे प्रस्तुति रहने आयाेजकले बताए । उर्लाबारी नगरपालिकाको आर्थीक सहयोगमा कार्यक्रम भएकाे सचिव नारायण राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय