उर्लाबारी १५ असार,विजय धिमाल । माेरङकाे पथरीशनिश्चरे नगरपालिकामा माेरङ बचत तथा ऋण सहकारी संघ लिमिटेडले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर असार १८ र १९ दुई दिवशीय साकाेस गाेष्ठी आयाेजना गर्ने भएकाे छ ।
यस संघमा आबद्ध भएका माेरङ जिल्लामा रहेका सहकारी (साकाेसकाे) सहभागी हुने भएकाेले सिन भिलेज पाटि प्यालेसमा हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे हाे । यस कार्यक्रममा अन्य सकाेस वा सहकारीले समेत भाग लिन सक्ने संघका सचिव एकराज निराैलाले जानकारी दिए । साथै स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित जिल्ला समन्वय समिति माेरङका प्रमुख/उपप्रमुख लगायत माेरङ भरिका १७ वटै पालिकाका प्रमुख/उपप्रमुखलाई सम्मान गरिने समेत जानकारी दिए ।माेरङ बचत तथा ऋण सहकारी संघ लिमिटेड २०५१ सालमा दर्ता भई क्रियाशील रुपमा संचालन हुँदै आएकाे छ ।
कार्यक्रमहरू साकाेस संजालिकरण/प्रविधि, सहकारीको नियमन/प्रवर्द्धनमा नियामक/निकायकाे भुमिका/सवालका क्षेत्रहरु, संघियतामा सहकारी : स्थानीय तहकाे भुमिका, जाेखिम न्युनिकरण एबम् सक्षम विकासकाे आधार र आर्थिक समृद्धिकाे यात्रामा नेपालको सहकारी आन्दोलन रहने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय