झापाको दमक वार्ड न ४ अर्नाखाडी स्थित छिमेकी एक युवाले छिमेकी युवालाई नै चक्कुले घाँटी रेटिरेटी हत्या गर्ने प्रयास गरेकाे छ ।
बाटाेमा हिडिरहेकाे माैका छाेपी अचानक भक्तिमान धिमालले स्थानीय चन्द्र धिमालाई केहि नबाेली घाँटि रेटि फरार भएकाे हाे । बिना रिसिइबी बाटोमा साइकलमा चडी पसल जाने क्रममा एक्कासी घरदेखि दाैडेर आएर चक्कुले घाँटी रेटेकाे पिडित चन्द्र धिमालले जानकारी दिए । घटनाकाे प्रकृति भने पहिला लसारपसार गरि धारिलो हतियारले घाँटिमा पटक-पटक छुरा प्रहार गरि फरार भएको प्रत्यक्षदर्शी स्थानियले जानकारी दिए । घटनाको क्रममा चन्द्र धिमाललाई घाँटी रेटि रहेको अबस्थामा बुबाले देखेपछि छुट्याने क्रममा उल्टै बुबालाई समेत हातपात गरिएकाे पिडितका बुबाले जानकारी दिए । घटना दिउसोको ११.५५ को समयमा भएको हाे घटनाको प्रकृति हेर्दा ज्यान मार्ने उदेश्य साथ आक्रमण गरेको बुझिएको छ । घटनामा घाइते भएका चन्द्र धिमालको घाटिमा १४ टाका लगाइएको छ भने ७ सिएम लम्बाई ४.५० सिएम गहिराई रहेकाे मेडिकल रिपोर्टले जनाएकाे छ । घटनागरि अभियुक्ती फरार भई सम्पर्क बिहिन भएपछि इलाका प्रहरी कार्यालयमा जाहेरी दिदै चाँडै खाेजीकार्यगरी प्रचलित कानुनि कार्बाहीकाे माग गरेकाे पिडित पक्षले जानकारी दिए । यस अघिपनि धेरै घटनहारु पटक-पटक गर्दैआएकाे र इलाका प्रहरीमालगि मिलापात्र गर्दै छाेडिएकाे बुझिएको छ । यति गर्दासम्म नसुध्रिएको झन आश्रय मिलेको भन्दै अहिले छिमेकी त्रसित बनेकाछन । पिडित र छिमेकी भन्छन् अभियुक्तलाई ज्यानमुद्दा कसुर अन्तरगत कानुनी सजाय गरि २० बर्ष जेल चलान गर्नुपर्ने सम्बन्धित निकाय समक्ष माग गरेका छन । फरार अभियुक्तलाई कसैले देखे वा भेटेमा तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय