
साउन २८,विजय धिमाल : माेरङकाे उर्लाबारी नगरपालिका स्थित नेकपा एमाले समबद्ध नेपाल लाेकतान्त्रिक धिमाल संघ केन्द्रीय समितिकाे तेस्रो राष्ट्रिय अधिवेशन भएकाे छ ।
उक्त अधिवेशन धिमाल जातिय विकास केन्द्रकाे सभाहलमा भएकाे हाे । अधिवेशनले अध्यक्ष बाहेक अन्य पधादिकारी र सदस्य सर्वसम्मत चयन गरेकाे छ भने अध्यक्षमा लाेकबादुर धिमाल र नम्बरलाल धिमाल दुई जनाकाे नाम परेकाेले आउदाे साउन ३१ गते दुई बिच चुनाव गरिने भएकाे निर्वाचन मण्डलले जानकारी दिए । समितिमा २५ कार्यसमिति सदस्य रहने व्यवस्था छ । सर्वसम्मत हुनेहरुमा बरिष्ठ उपाध्यक्षमा लक्ष्मिनारायण धिमाल, तीन उपाध्यक्षमा भुवन, बिकेन्द्र, मन्जु महासचिवमा अम्बरबहादुर सचिबमा मणिराज, सुनिल काेषाध्यक्षमा राेमान्सी सदस्यहरुमा गिरिराज, पदम, हेम नारायण, ब्रेमलाल, रेवतबहादुर, खड्गबहादुर, ज्याेती, सुर्यबहादुर, माेनिका, मनाेज, दिपक, पितबहादुर र मिना रहेकाछन् । यसै कार्यक्रम बिच नेपालभरबाट नव निर्वाचित जनप्रतिनिधिहरुलाई धन्यवाद तथा शुभकामना समेत प्रदान गरिएकाे थियाे । कार्यक्रममा माेरङ, झापा, सुनसरी र काठमाडौ रहेका संघमा आबद्धहरुकाे उपस्थित रहेकाे थियाे ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा माेरङ जिल्ला इनचार्ज बिनाेद ढकाल प्रमुख अतिथि, नेकपा एमाले माेरङ जिल्ला सचिव रुपेश खतिवडा बिशिस्ट अतिथि, अतिथिहरु नेकपा एमाले उर्लाबारी नगर अध्यक्ष गंगाप्रसाद बास्ताेला, नेकपा एमाले झापा जिल्ला सदस्य मदनकुमार बाेहाेरा, नेकपा एमाले प्रदेश नंः १ कमिटी सदस्य तथा धिमाल जातिय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लाेकबहादुर धिमाल, धिमाल जातिय विकास केन्द्रका केन्द्रीय पूर्व अध्यक्ष रामबहादुर धिमाल, धिमाल स्वयत्त क्षेत्र समिति केन्द्रीय अध्यक्ष बाङगाई धिमाल, धिमाल राष्ट्रिय मुक्तिमाेर्चा केन्द्रीय अध्यक्ष गणेशमान धिमाल, नेपाल राष्ट्रिय धिमाल संघ कृष्णबहादुर धिमाल, लाेकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल माेरङ जिल्ला उपसचिव सुरेन्द्र सेर्मा लगायत घसंका अध्यक्ष पर्तमान धिमालकाे सभापतित्वमा भएकाे थियाे भने कार्यक्रम संचालन भने नेपाल लाेकतान्त्रिक धिमाल संघका महासचिव भुवनकुमार धिमालले संचालन गरेका थिए ।