विजय धिमाल/उर्लाबारी ९ फाल्गुन नेपालमा अहिले सम्मकै सबैभन्दा धेरै पुरस्कार राषी भएको गायन र नृत्य प्रतियोगिता हुने भएको छ ।
नेपाल र विदेशमा रहेका नेपालीहरुलाई समेट्ने हिसाबले सहभागी गराएर हुन लागेको प्रतियोगीता हो । सहभागी भइ हुने बिजेताले छुट्टाछुट्टै ९गायनरनृत्य० गरि नगद १ करोड , उप बिजेताले नगद ३० लाख र तृतिय हुनेले २० लाख नगद प्राप्त गर्ने आयोजकले जानकारी गराए । अहिले सम्म अमेरिका, क्यानाडा , यूरोपको बेल्जियम र यूएइमा अडिसन सम्पन्न भइसकेको छ भने भारतको सिलगुडि, थाइल्याण्ड र अष्ट्रेलियामा अडीसन हुँन बाँकी रहेको, भारतमा आगामी मार्च महिनाको १४ र १५ तारिख अडिसन हुनलागेको जानकारी दिए ।

नेपालको विभिन्न स्थानमा असिडन चलिरहेको छ भने प्रदेश १ को झापाको दमकमा अडिसन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । नेपालबाट अमेरिकामा गएका भुटानी नेपालीहरुले स्थापना गरेको इन्ट्रा फाउण्डेसशनले आयोजना गरेको यो प्रतियोगिताको प्रदेश १ स्तरिय अडीसन दमकमा यहि फागुन २० र २१ गते दमकको सरस्वती माद्यमिक विद्यालय इटाभट्टमा हुने आयोजकले जानकारी दिए । अडिसनमा सहभागी हुन चाहनेलाई शुल्क नलाग्ने जानकारी दिए ।
अडिसनबाट छनौट भएका १ सय २० जनालाई अन्तिम चरणमा लगिने, काठमाडौमा हुने अन्तिम चरणको प्रतियोगीतामा १२ जना सम्म निर्णायकहरुको निणर्यले प्रतियोगी छनौट हुने, त्यसपछि भने एस एम एस तथा एप्लिकेशसन मार्फत जनताको मत मार्फत प्रतियोगी छानीने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
नेपालको सस्कृती झल्कने सामुहिक नृत्यलाई पनि यहाँ अर्कोे प्रतियोगीताको रुपमा समावेश गराइने जनाइएको छ । यसको बिजेताले भने नगद २० लाख, उपबिजेताले १५ लाख र तृतिय हुने समुहले ५ लाख प्रदान गर्ने बताए । यसकालागि कम्तिमा ४ जना एक समुह प्रतियोगीतामा सहभागी हुन पाउने प्रावधान बतनए ।
प्रतियोगीता सम्पन्न गर्नकालागि कुनै पनि प्रायोजक खोजीएको छैन । सबै खर्च आयोजक सस्था र यसमा आवद्ध भएका सदस्यहरुबाटनै संकलन गरिने पत्रकार सम्मेलनमा उल्लेख गरे । पुरस्कारकै लागि ३ करोड ४० लाख खर्च हुने प्रतियोगीतामा कति खर्च हुन्छ भन्ने अनुमान आयोजकले गरिसकेका छैन ।

विषेश गरि विदेशमा बस्ने नेपालीहरुले नेपालको सस्कृती , कला र सस्कार भुल्न थालेको भन्दै त्यसको प्रर्वधन र सव्रधन गर्न इन्ट्राले यस प्रकारका कार्यक्रम गर्दै आएको आयोजकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय