उर्लाबारी १२ फागुन/विजय धिमाल-माेरङकाे उर्लाबारीमा हुने चौथो वडा स्तरीय मेयर कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको आजबाट सुरुहुने भएकाे छ ।

 

उर्लाबारी नागरपालिकाकाे आर्थिक सहयाेग र राजघाट भेट्रान फुटबल क्लबद्वार आयाेजित उक्त फुटबल प्रतियोगिता उर्लाबारी-८ दुर्गापुरीस्थित अरनिको माविको खेल मैदानमा हुने भएकाे हाे ।

 

प्रतियोगिताको विजेताले ७५ हजार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पाउने छ ।प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समेत पुरस्कार दिइने बताइएको छ ।

 

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताबाट स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटन गरी व्यवसायिक वनाउने उद्देश्यले खेलखेलाएकाे आयोजक क्लबका अध्यक्ष अर्जुन सुब्बाले बताए ।

 

प्रतियोगिताको पहिलो वा उद्घाटन खेल वडा नम्बर ६ र वडा नम्बर ८ का बिच हुने भएकाे छ । प्रतियोगिता फागुन १२ गते दिउँसो १ बजे उद्घाटन हुने खेल संयाेजक प्रकाश लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय