
माेरङ १२ बैशाख
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बैशाख ६ गते ती बालिकामाथि सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका १३ जना बालिकाविरुद्ध मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले ती बालिकामाथि निर्घात कुटपिट गरी भिडियो बनाएर समाजिक संजालमा सम्प्रेषण गरेपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले उनीहरुलाई सोमबार नियन्त्रणमा लिएको थियो ।
कुटपिटबाट घाइते भएकी ती बालिकाको भने विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।