उर्लाबारी २० बैशाख 

माेरङकाे उर्लाबारीमा ‘बक्राहा विष्णु गंगा घाट’को शिलान्यास गरिएको छ ।
बुधबार उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले वैदिक परम्परा अनुसार घाटको शिलान्यास भएको हाे । उर्लाबारी ४ स्थित बक्राहा खोला पुलबाट करिब ७ सय मिटर उतरमा अत्याधुनिक पूर्वाधारसहितको घाट निर्माण हुने भएको छ ।

शिलान्यास शुभारम्भ कार्यक्रममा उर्लाबारी नगरपालिकाका उपप्रमुख मीना खतिवडा पौडेल, निमित्त प्रशासकीय अधिकुत मुरारी प्रसाद घिमिरे, नगरका जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुखहरु, संघसंस्थाका प्रतिनिधि, सरोकारवाला र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख खरेलले बक्राहा विष्णु गंगा घाटलाई पर्यटकीय धामका रुपमा विकास गरिने बताए । निर्माणका काम सुरु गर्न २५ लाख रकम विनियोजन गरिसकेको उल्लेख गदै थप लगानीहरु ठेक्का प्रक्रियाबाट अघि बढ्ने जानकारी दिए ।

उर्लाबारी र आसपासका मिक्लाजुङ, दमक, पथरी र रतुवामाईलाई लक्षित गरी सबै धर्मावलम्बीको अन्त्येष्टि स्थलको उपयुक्त थलोका रुपमा घाटलाई विकास गरिनेपनि उहाँले जानकारी दिए । कार्यक्रममा बक्राहा विष्णु गंगा घाट समितिका उपाध्यक्ष केदारनाथ खतिवडाले घाटको महत्व, स्वरुप र औचित्यबारे प्रकाश पारेकाथिए । घाट समितिका सचिव मनोरथ भण्डारीको संचालन र कार्यक्रम महेन्द्रजंग तामाङको सभापतित्व सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय