उर्लाबारी २१ बैशाख 

गौरादह वडा नं.१ का व्यावसायि खड्ग राज थापा ( खगेन्द्र ) गाैरादहमा चिरपरिचित नाम हाे । गाैरादहमा कृषि व्यावसायमा सफल हुँदै गईरहेका थापा व्यावसायिक मात्र हैन मनकारी र गाैरादह बजार निर्माणका नेतृत्व कर्ता समेत हुन् ।

गाैरादहकाे मुख्य बजारमा बिगत लामो समय देखि नवज्योति कृषि भण्डार संचालन गर्दै आएका उनी व्यावसायिमात्र नभएर समाजसेवी र राजनीतिक कर्मी समेत हुन् । उनले आफ्नाे व्याक्तिगत खर्चमा बजार उत्तर रहेको सानो कृष्णेघाट नदिमा स्व. पिताको स्मृतिमा मलामी बिश्राम स्थल निर्माण गरिदिएका छन् ।
उनकै नेतृत्वमा गाैरादह बजार आजकाे स्वरुपमा आएकाे आम बजारबासीले मानेकाे कुरा हाे । गाैरादह बजार व्यावस्थापन समितिकाे अध्यक्ष रहेकाे समयमा निकै लामाे कसरत पछि मात्र बजारलाई याे अवस्थामा ल्याउन सफल भएकाे स्वयम् थापा बताउँछन् ।

यश क्षेत्रका किसानकालागी सस्तो र सर्वसुलभ रुपमा बिउ बिजन , आैषधी र रासायनिक मल उपलब्ध गराउदै आएका थापा काममा बिश्वास राख्ने स्वाभावका मानिन्छन् । विभिन्न सामाजिक संघ संस्था र धार्मिक सेवामा भौतिक र आर्थिक रुपले सहयाेग गर्न हरपल तत्पर रहने थापा उधोगी , व्यवसायिहरुसंग समेत घुलमिल छन् ।

गाैरादहमा कन्काई सिड प्रा.ली. स्थापना गरेर सफलता पुर्वक संचालन गरिरहेका थापा यस् क्षेत्रक उधोगी व्यावसायि आफ्नाे हितकाेलागी सङ्गठित, मर्यादित हुनुपर्नेमा जाेड दिन्छन् ।

उद्याेगी व्यावसायिकाे छाता संस्था गाैरादह उद्योग बाणिज्य संघमा एक कार्यकाल सहसचिवकाे जिम्मेवारी सफलता पुर्वक पूरा गरेका थापा व्यावसायिक संगठन व्यावसाय अनुकुल हुनुपर्ने बताउँछन् ।
यहि बैशाख २६ गते हुन गैरहेको उधोग बाणिज्य संघकाे निर्वाचनमा प्रथम उपाध्यक्ष पदमा उमेद्वारी दिने साेचमा रहेका थापा व्यावसायिकाे हितमा काम गर्ने उद्धेश्यका साथ आफू उमेद्वार हुन लागेकाे बताउँछन् । व्यावसायिकाे संस्थामा आफ्नाे उपस्थितिले यहाँका व्यावसायिहरुकाे समस्या समाधान मा याेगदान पुग्ने र आवाज अझ बुलन्द हुने उनकाे ठम्याई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय