उर्लाबारी २३ बैशाख
गायिका मेचु धिमालकाे आवाजमा रहेकाे धिमाल भाषामा आधारित “उरासिङ बादेल ता” बाेलकाे गीतकाे म्युजिक भिडियो सुटिङ सम्पन्न भएकाे छ ।
युवा पुस्तालाई मध्यनजर गरेर धिमाल माैलिकपन, परम्परा र संकृती झल्काउने गीत सहितकाे म्युजिक भिडियो बनेकाे बताउछन् म्युजिक प्राेडुसर तथा डाइरेक्टर सुवर्ण धिमाल । म्युजिक लाेकेशन भने स्थानीय उर्लाबारीकाे बेतिनी सिमसारमा भएकाे हाे । भरत धिमालकाे संगीत रहेकाे छ भने डिक धिमालले मिक्सिङ तथा एरेन्ज रहेको छ । म्युजिक भिडियो भने जेठ १ गते सार्वजनिक गरिने सुवर्णले जानकारी दिए । सनम र समिता धिमालकाे मुख्य भुमिका रहेकाे छ भने कलाकारहरु बिक्रम, सिमा, श्रीप्रसाद धिमाल लगायत रहेका छन । क्यामेरामा छवि श्रेष्ठ र एसिष्टेड डाइरेक्टर धनुस रहेका छन ।