उर्लाबारी २१ बैशाख
विजय धिमाल
मोरङको उर्लाबारी–९ खोपीडाँडाको एउटा आधारभूत विद्यालयमा विद्यार्थीलाई पुरस्कार तथा छात्रवृति प्रदान गरेको छ ।
केवीआई फाउण्डेसन नेपाल,खापुङ स्मृति पारिवारिक शैक्षिक कोष र जीवन लिम्बू हङकङको सहयोगमा बिहीबार प्रभात आधारभूत विद्यालयमा अध्ययन गरिरहेका ९७ जना विद्यार्थी,१० जना शिक्षक र एक जना उत्कृष्ठ अभिभावकलाई पुरस्कार वितरण गरिएको हो ।
हाल रोजगारकालागि विश्वका विभिन्न देशमा रहेका सोही विद्यालयका पूर्व विद्यार्थीहरूले स्थापना गरेका तीन वटा भिन्नाभिन्नै अक्षयकोषको ब्याजबाट पुरस्कारको ब्यवस्था गरिएको हो । तीनवटा अक्षयकोषबाट सम्पूर्ण विद्यार्थीलाई पोशाक, कपि, डटपेन, पेन्सिल, ज्यामिति बक्स लगायतका शैक्षिक सामग्री र उत्कृष्ठ विद्यार्थीलाई नगद, सबै शिक्षकलाई प्रोत्साहन वापत जनही १/१ हजार रुपियाँ, सबैभन्दा बढी विद्यालय आएर आफ्ना नानीहरू र समग्र विद्यालयको गतिविधि जानकारी लिने उत्कृष्ठ अभिभावक नरबहादुर राईलाई प्रमाणपत्र सहित नगद १ हजार रुपैया प्रदान गरिएकाे थियाे ।
नगरको दुर्गम क्षेत्रमा रहेको प्रभात आधारभुत विद्यालयमा अति विपन्न परिवारका नानीहरू मात्र अध्ययन गर्ने गर्छन् । हाल विदेशमा रहेका सोही विद्यालयका पूर्व विद्यार्थीहरूले आफू अध्ययन गरेको विद्यालय समस्यामा रहेको थाहा पाएपछि विद्यार्थी आकर्षित गर्न यस्तो कार्यक्रम सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद चापागाईंले बताउनुभयो । कोषबाटै वार्षिक ३ लाख रुपैंया प्राप्त गरेर दुईजना शिक्षकलाई समेत तबल दिइरहेको उहाँले बताउनु भयो । विद्यार्थी, शिक्षक र अभिभावकलाई उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर तामाङ, पूर्व वडा अध्यक्ष बमबहादुर फ्याक, केवीआई प्रतिनिधी कसल लिम्बूले पुरस्कार तथा छात्रवृति वितरण गरेकाथिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र शेर्माको सभापतित्वमा भएको कार्यक्रममा दाताहरूले विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिन सुझाव दिनुभयो । केबीआई फाउण्डेसनबाट कसल लिम्बू, जिवन पोमुको प्रतिनित्व गर्दै सुरेन्द्र पोमु र खापुङ स्मृति पारिवारिक ट्रसबाट पारुहाङ खापुङको सहभागिता रहेको थियो । केवीआई फाउण्डेसन नेपाल,खापुङ स्मृति पारिवारिक शैक्षिक कोष र जीवन लिम्बू हङकङले बार्षिक रुपमा सहयोग गर्दै छात्रबृत्ति कार्यक्रमलाई निरन्तरता दिदै आएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय