
उर्लाबारी २५ बैशाख
उर्लाबारी -५ भलभद्र मार्ग निवासी गणेश दर्जि कि तिन महिनाकि छोरी एञ्जल को टाउकोमा नसा सम्बन्धि गम्भीर बिराम छ भन्ने पत्ता लाग्यो तव दर्जि परिवार मा तनाव सुरु भयो ।
सफारि चलाएर जिविकोपार्जन गर्दै आएका दर्जीले ठुलो अस्पतालमा गएर अप्रेसन गरि छोरिको उपचार गर्ने अवस्था नै छैन । यो कुरा उर्लाबारी -५ का अध्यक्ष रबिन लामा संग सेयर गरे अनि केहि सहयोग संकलन गर्न समेत सुरु गरे तर डाक्टर ले उपचारमा करिब ७ लाख लाग्ने भएपछि असम्भव जस्तै भएको कुरा जब स्थानीय युवा साथीहरूले थाहापाए तब उनिहरुपनि सहयोगी हातहरु खोज्न दर्जिलाई साथ दिन थाले र जन्मियो नयाँ आईडिया पानी बेचेर सहयोग संकलन गर्ने जुक्ति ।
युवा हरुको समुहले तिन महिनाकि छोरि एञ्जल लाई बचाउन आव्हान गर्दै मोरङ उर्लाबारीको मेन चौकमा पानी बेच्ने( water camp ) स्टल राखे र चौथो दिन सम्म आईपुग्दा करिब १ लाख ५० हजार बराबरको सहयोग संकलन गरि सकेका छ्न भने सहयोगी हातहरु थपिने क्रम जारि रहेको अभियन्ता राजु लामाले जानकारी दिए । सहयोग माग्न जाँदा केहि दिएर मात्रै केही लिउ भन्ने बिचार ले यस्तो कार्यक्रम को आयोजना गरिएको अर्का अभियन्ता बेणु दुलालले जानकारी दिए ।
युवाले नयाँ किसिमको कार्यक्रम मार्फत सहयोग संकलन गरेकोमा आफुलाई निकै खुसि लागेको र दैनिक उपस्थिति भएर हौसला प्रदान गरिरहेको उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले बताउछन । संचार कर्मि एवं अभियन्ता टीका सिम्खडा का अनुसार स्टल एक साता सम्म रहने र यै बैशाख ३० गते स्थानीय सांगीतिक समुह र काठमाडौ बाट महिला हरु सहभागी ब्याण्ड मार्फत सांगीतिक कार्यक्रम होटेल ग्राण्डमा आयोजना गरिने जानकारी दिए । अभियानमा वडा अध्यक्ष रबिन लामा , बिकास राई ,मनोज तामाङ ,प्रबिण राई ,प्रेम बर्देवा ,बिनय बोहरा ,खेम मगर लगाएतको सक्रिय सहभागिता रहेको छ । भने दैनिक रूपमा डेस्टिनेसन र अन्तरा ब्याण्ड ले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका छ्न ।