उर्लाबारी २६ बैशाख 

माेरङकाे उर्लाबारी नगरपालिकामा नगरपालिकाले सोमबारबाट श्रम स्वीकृति सेवा सुरु गरेको छ ।

वैदेशिक रोजगारीको तयारीमा रहेका उर्लाबारी – ४ का टोमबहादुर रानालाई श्रम स्वीकृति पत्र दिई नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले सेवा आरम्भ गर्नुभएको हो । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिन कुनैपनि किसिमका अड्चन, ढिलासुस्ती नहुने मेयर खरेलले विश्वास व्यक्त गर्नुभएको छ ।

नगरपालिकाका रोजगार संयोजक तारा गुरागाइँका अनुसार वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि विराटनगर वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । उहाँले भन्नुभयो – ‘यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो, अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ ।’

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने गुरागाइँले बताउनुभयो । उर्लाबारी नगरपालिकाबाट हालसम्म तीन जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएको संयोजक गुरागाइँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय