उर्लाबारी ९ जेठ
माेरङकाे उर्लाबारी-९ आम्बारीमा अवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयका नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीलाई केबिआई फाउन्डेसनले छात्रवृत्ति दिएको छ ।
आइतबार एक कार्यक्रमको आयाेजनागरी छात्रवृत्ति प्रदान गरिएकाे हाे । यस स्कुलमा अध्ययान गरि हङकङ रहेका केही व्यक्ति मिलेर बनेकाे सामाजिक संस्था हाे केबिआई फाउन्डेसन यस संस्थाले प्रत्येक वर्ष यसरी नै छात्रवृत्ति प्रदान गर्नेे गर्दछ । यस अघि उर्लाबारी ९ खाेपिडाँडामा अवस्थित श्री प्रभात आधारभुत विद्यालयका समेत सहयाेग गरेकाे थियाे । त्यस्तै नेपालमा रहेर यस संस्थाकाे प्रतिनिधित्व गर्दै आएका छन सुरेन्द्र लिम्बुले । विद्यालयलाई १४ थान डिजिटल/सुई भित्ते घडि स्थानिय डाँडाटाेल निवासी (सरसाेङ साइला) छत्र ब. लिम्बु हाल हङकङबाट सहयाेग गरेका छन । नेपालमा रहेर हस्तान्तरण भने यसै विद्यालय व्यवस्थापन समिति सदस्य माेहन याक्थुम्बा गरेका थिए । त्यसतै गरिव तथा जेहेन्दार ४० जना विद्यार्थीलाई विद्यालयले छात्रवृत्ति प्रदान गरेकाे विद्यालयका प्रअ अखिलेस शाहले जानकारी दिए । युवा प्रतिभा प्रस्फुटन छात्रवृत्ति अक्ष्यकाेषका संयाेजक रुद्रबहादुर तामाङद्वारा प्रदान गरिएकाे थियाे ।
यसै कार्यक्रम बिच विद्यालयलाई सहयाेग गर्ने दाता, अक्ष्यकाेष दाता हङकङ प्रतिनिधि सुरेन्द्र लिम्बु, (सरसाेङ साइला) छत्र ब. लिम्बु, लक्ष्मण दाहाल, देबिन्द्र बहादुर कार्कीलाई विद्यालयले सम्मान गरेकाे थियाे । कार्यक्रमकाे विशिष्ट अतिथि केबिआई फाउन्डेसनका प्रतिनिधि सुरेन्द्र लिम्बु, स्थानिय अभिभावक अमर सेलिङ लगायत विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय