उर्लाबारी २१ जेठ
उर्लाबारी नगरपालिकाको सहयोग र उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी-६ स्थित राधिका माविको खेलमैदानमा आजदेखि “हाम्रो प्रत्येक गोल, लागुऔषध विरुद्धको बोल” भन्ने नाराका साथ सुरु भएकाे छ ।
नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले उर्लाबारीमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता (१४ वर्ष मुनि) का विद्यार्थी बिच भएकाे हाे । उद्घाटन कार्यक्रममा नगर प्रमुख खरेलसहित राप्रपा उर्लाबारीकी अध्यक्ष निरुपा खड्का, प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जीव बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए । आयोजक क्लबका अध्यक्ष दिपेन्द्र धिमालले लागुऔषधविरुद्ध जागरणका साथै नयाँ फुटबल खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता सकिएपछि ३५ जना खेलाडी छनौट गरी २ वर्षसम्म नियमित प्रशिक्षण प्रदान गर्ने उद्देश्य रहेको उनले बताए ।
प्रतियोगिता अन्तर्गत आजको उद्घाटन खेलमा शुभकामना बोर्डिङले शिशु शिक्षा सदनलाई ट्राइबेकरमा ३-० गोल अन्तरले पराजित अग्रता सुरुवात गरेकाे छ । खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि ट्राइबेकर भएकाे थियो ।

विजेता टिम:-


दाेश्राे दिनकाे पहिलो खेल नेबुला इङलिस स्कुल र भृकुटी मोडल एकाडेमी र दोस्रो खेल मोरङ मोडल स्कुल र ओभल एकाडेमीबीच हुने आयाेजकले जानकारी दिए ।
असार ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उर्लाबारीका २५ वटा विद्यालयले सहभागिता जनाएको क्लबका कोषाध्यक्ष योगराज फागोले जानकारी दिए । बिजेता र उपविजेताले क्रमशः ५१ हजार र ३१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय