उर्लाबारी २६ जेठ
माेरङकाे उर्लाबारीमा अवस्थित अरनिको हस्पिटलले गर्मीका कारण विद्यार्थी बिरामी परे निःशुल्क उपचार गर्ने जनाएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै गर्मीका कारण विद्यालय समयमा विद्यालय हाताभित्र बिरामी परेका विद्यार्थीको निःशुल्क उपचार गर्ने जानकारी गराएको हाे । हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूद्वारा हस्ताक्षरित सूचनामा जारी गरेकाे छ । ‘वर्तमान गर्मी मौसमका कारण उर्लाबारी नगरभित्रका विद्यालयहरुका विद्यार्थीमा विद्यालय समयभित्र विद्यालय परिसरमा स्वास्थ्य समस्या आइपरेमा औषधी बाहेकका स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने जानकारी गराउँदछौँ ।’
गर्मीकै कारण उर्लाबारीमा जेठ १९ देखि २३ गतेसम्म विद्यालय विदा गरिएको थियो । त्यसबिचमा गर्मी घट्ने अपेक्षा गरिएपनि गर्मी यथावत रहेपछि जेठ २४ गतेदेखि नियमित विद्यालय सञ्चालन भइरहेका छ । यस क्षेत्रमा स्वास्थ्य क्षेत्रकाे रुपमा परिचित अरनिको हस्पिटलले गरिब, विपन्नलाई विशेष छुटमा समेत उपचार गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय