उर्लाबारी २६ जेठ
पुर्ब पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मोरङ्गको उर्लाबारी ३ नयाँ मङ्गलबारे स्थित सडक दुर्घटनामा परि १ पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिमबाट पुर्ब तर्फ गईरहेको स्कुटरलाई मे.१ ख. ३०७३ नम्बरको नेपाल यातायात बसले पूर्बबाट पश्चिम तर्फ गईरहेको स्कुटरलाई सडकभन्दा करिब १५ फिट पर लगि ठक्कर दिएपछि स्कुटर चालकको ज्यान गएको हो । मृतक झापा जिल्ला कमलगाउँपालिका वडा न.२ का ३२ बर्षिय पवन सुबेदि रहेको बुझिएको छ ।
दुर्घटनामा परि सख्त घाईते भएका स्कुटर चालकले आफ्नो जीवन बचाउका लागि बस चालक समक्ष गुहार समेत मागेका कुरा प्रत्यक्ष दर्शिको भनाई छ । बस चालकले अन्जानमा नभई जानि-जानि घटना गराएको भन्दै आक्रोशित भिड र स्थानियले सवारी साधन तोडफोड र आगजनि गरेका छन् । बस चालक भने फरार छन्।घटनापछि केहि समय तनाबग्रस्त र सवारीसाधन ठप्प रहेको उक्त क्षेत्र हाल सुचारु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय