उर्लाबारी २६ जेठ
मोरङ कानेपोखरीमा धिमाल जातीय विकास केन्द्र, कानेपोखरीको आयोजनामा धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल महोत्सव बिहिवार सम्पन्न भएको छ ।
धिमाल जातिको मौलिक खाना र संस्कृतिको प्रचारप्रसार संगै प्रर्वद्धन गर्ने उद्देश्यका साथ धिमाल सांस्कृतिक तथा फुड फेस्टिवल कानेपोखरी ७ ऐतिहासिक पोखरी परिसरमा सम्पन्न भएको हो । धिमाल जातिको परिकार चुदुर(घुङ्गी), ताइराम(झिङ्गे माछा), पायाको तेरेङ(सुगुँरको आन्द्रा), चिचिरी उम, पायाको बिया(सुगुरको मासु), तोले(बगिया) लगायतका स्टलहरु रहेको थियो । सोही अवसरमा कानिवेराङ (दुईवटा आँखा गुमेको महिला योद्धा धिमालको मुर्ति र मुखमा माछा च्यापेको काने बकुल्ला)को मुर्ती अनावरण गरिएको आयोजक समिति अध्यक्ष प्रकाश धिमालले जानकारी दिए । कोशी प्रदेश सांसद बिध्या चाम्लिङ राई, आयोजक समिति अध्यक्ष धिमाल संगै उपस्थित अतिथिहरुबाट संयुक्त रुपमा अनावरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोशी प्रदेश सांसद बिध्या चाम्लिङ राईले बिभिन्न जातिहरुले आ-आफ्ना मौलिक खानालाई व्यवसायिक रुपमा लानुपर्ने सुझाव दिइन । उनले भनिन, ‘धिमाल जातिहरुको परिकार आज ब्राण्डको रुपमा स्थापना भइसकेको छ । अरु जातीहरुले पनि आफ्नो मौलिक खानालाई व्यवसायिक रुपमा अघि बढाउनुपर्छ’ । कानेपोखरी नामसँग धिमाल जातिहरुको पहिचान जोडिए पनि धिमाल जातिहरु राजनीति, सामाजिक र आर्थिक हिसाबले पछि परिरहेको र यसलाई उन्मुख गराउन स्व:अग्रसर रहन सुझाव दिइन । कार्यक्रममा धिमाल जातिको मौलिक नाच प्रदर्शन संगै धिमाल राष्ट्रिय गायक संजिव धिमाल, मेचु धिमाल र स्थानिय कलाकारहरुकाे बेजोड प्रस्तुति रहेकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद बिध्या चाम्लिङ राई, कानेपोखरी उपाध्यक्ष भोलाप्रसाद अधिकारी, धिमाल जातिय विकास केन्दका केन्द्रिय उपाध्यक्ष केदार धिमाल, महासचिव मातृका धिमाल, भोजविर माझी, रोमान्सी धिमाल लगायत रहेका थिए भने प्रकाश धिमालको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय