
उर्लाबारी २६ जेठ
मोरङको रतुवामाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ ।
विगत ६ बर्षदेखि रतुवामाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको हो । २ बर्षअघि नगरपालिकाले एम्बुलेन्स खरिद गरेको थियो । त्यो भन्दा अघि नगरपालिकाले भाडामा एम्बुलेन्स सञ्चालन गरी नगरबासीहरुलाई एम्बुलेन्स सेवाले निःशुल्क प्रदान गरेको थियो । हालसम्म ४/५ हजार बिरामीहरुले निःशुल्क एम्बुलेन्स सेवा लिएका छन् । एम्बुलेन्समात्रै होइन शव बहान र जेसीबी पनि निःशुल्क रुपमा नगरबासीहरुलाई प्रदान गर्ने आएको रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंहले बताउनुभयो ।
रतुवामाई नगरपालिकाबाहेक छिमेकी पालिकाका बिरामीहरुलाई समेत एम्बुलेन्सले निःशुल्क सेवा प्रदान गरिरहेको छ । झापा, मोरङ र सुनसरीका विभिन्न अस्पतालहरुमा बिरामीहरुलाई पु¥याउने गरेको एम्बुलेन्स चालक रत्नबहादुर कार्कीले बताउनुभयो ।
रतुवामाई नगरपालिकाको नगरबासीहरुलाई सरकारको अनुभूति दिलाउने गरी काम गरिरहेको छ । रतुवामाई नगरपालिकाले नगरभित्रका ३ हजार १६४ जना किसानको चालु आर्थिक वर्षको बिधुत महशुल तिरिदिएको छ । आथिर्क अवस्था कमजोर भएका बिरामी होस् वा कुनै समस्या पर्दा नगरपालिकाले सहयोगी भूमिका निर्वाह गरिरहेको नगरप्रमुखको सचिवालयका कर्मचारी सुजित जैसवालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्र कोही बच्चा जन्मने वित्तिकै एक हजार रुपैयाँ नगरपालिकाले खातामा हालिदिने गरेको छ । यो नगरपालिकाले ८० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई १ हजार रुपैयाँ थप भत्ता दिने ब्यवस्था पनि लागु गरेको छ ।