उर्लाबारी २९ जेठ
मोरङको उर्लाबारी नगरपालिका – ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुवाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले शनिवार पाँच जनालाई पक्राउ गरेको छ ।
जेठ २५ गते यात्रुवाहक बसले ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भई सवारी दुर्घटनामा परी मृत्यु भएपछि आक्रोशित समूहको भिडले मे १ ख ३०७३ नम्बरको बसमा आगजनी गरेकाे हाे । पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का १८ बर्सिया प्रज्वल भन्ने गोकुल भण्डारी, पथरी शनिश्चरे नगरपालिका-४ सम्झना चोक बस्ने वर्ष २८ का जीवन थापा, पथरी शनिश्चरे नगरपालिका-९ गिरि टोल बस्ने वर्ष २० को मानव भन्ने अनमोल राई, पथरी शनिश्चरे नगरपालिका-२ नवज्योति बस्ने वर्ष २० को आयुस रिजाल र पथरी शनिश्चरे नगरपालिका-२ देविगन्ज बस्ने वर्ष २० को गोरे भन्ने मोहन कुमार मगर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरूलाई आपराधिक उपद्रब कसुरमा मोरङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप भई थप अनुसन्धानको कार्य भईरहेको डिएसपी दाहालले बताए । उर्लाबारीको मंगलबारे स्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं.०१-०१-०१३ प २९० नं.को स्कुटरलाई अगाडीबाट ठक्कर दिँदा स्कुटर चालक झापा कमल गाउँपालिका–२ बस्ने वर्ष ३३ का पवन सुबेदीको उपचारको क्रममा मदन भण्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो । प्रहरीले बस चालक झापा कनकाई नगरपालिका–३ बस्ने वर्ष ३२ का टंक प्रसाद सुबेदीलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय