उर्लाबारी १ असार
मारवाडी युवा मञ्च उर्लाबारीको एक भेलाले युवा व्यवसायी एवं समाजसेवी विजय बाहेतीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
जेठ ३२ गते मञ्चको बैठकले बाहेतीको अध्यक्षतामा ११ सदस्यीय नगर कार्य समिति चयन हाे ।
समितिमा अंकुश अग्रवाल उपाध्यक्ष, किशन अटल महासचिव, निखिल अग्रवाल सहसचिव र राकेश अटल कोषाध्यक्ष रहेका छन् । यस्तै, सदस्यहरुमा अभिकेष अग्रवाल, लोकेश अग्रवाल, अंकित अग्रवाल, राजेश अग्रवाल, योगेश अग्रवाल र सुनिल चाण्डक रहेका छन् ।
यसैगरी अन्य सदस्यहरुमा सीमा अग्रवाल, सुनिल अग्रवाल, प्रितेश अग्रवाल, देवेश राठी, प्रियंका अटल, सञ्जय बाहेती, प्रियस बाहेती, कोमल अग्रवाल र मुस्कान अग्रवाललाई चयन गरिएको छ ।
सल्लाहकारहरुमा महावीर अग्रवाल, अरुण अग्रवाल र दिलिप अग्रवाल रहेका छन् । संगठन, संस्कार, सेवा, सम्मुन्नतिको भाव र उद्देश्य लिएर समग्र हितमा मारवाडी युवा मञ्च समर्पित रहने नवनिर्वाचित अध्यक्ष विजय बाहेतीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय