उर्लाबारी ६ असार
समीर बि.क.
हरेक मानिसको आ-आफ्नो सपना र केहिना केही एउटा आफुमा खुबि समेत हुन्छ । त्यही खुबि र सपना उमेश कुमार मोक्तानमा झल्किन्छ उनि खेलकुदमा लागेर केही गर्छु भन्ने छ । उनको जन्म तेह्रथुम जिल्ला चुहानडाँडा हाल बसोबास ललितपुर नखिपोटमा रहदै आएकाछन । बुवा शेरबहादुर तामाङ र माता श्रीमाया तामाङको कान्छो सन्तानकाे रुपमा जन्म लिए पश्चात् सानैबाट नै खेलकुदमा विषेश रुचि राख्दथे ।
नेपाली खेलकुदको जगतमा चिर परिचित तेक्वान्दोका राष्ट्रिय खेलाडी उमेशकुमार ब्लाकबेल्ट टुडन प्राप्त खेलाडी हुन् । स्कुल तथा कलेजहरुमा विद्यार्थीहरुलाई तेक्वान्दो खेलबारे निरन्तर प्रशिक्षण दिइरहेका छन् । आत्मरक्षाको बारेमा साथै स्वास्थ्य नै धन हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दैै उनीसंग राष्ट्रपति रनिङ सिल्ड दोस्रो तथा तेस्रोमा भाग लिएको अनुभव छ ।
तेक्वान्दो खेलका प्रख्यात खेलाडी दिपक विष्टसंग पनि तेक्वान्दोको बारेमा विषेश प्रशिक्षण लिइका उमेशकुमार खेलकदमा इमान्दारिताका साथ लागिपरेका छन । यसै खेल जगतबाट भविष्य उज्वल र सफल बजाउने बताउछन । हाल विभिन्न विद्यालयका विद्यार्थीहरुलाई तेक्वान्दो बारेमा प्रशिक्षण दिइरहेका उनी खेलकुदबाट आफ्नो सानैबाटको ईच्छा चाहना पूरा भएको र आम्दानी समेत भएकोले आत्म सन्तुष्टि समेत मिलेको बताउँछन् । अहिलेको समयमा विशेषगरी छोरीचेलीहरुले तेक्वान्दो खेलको बारेमा प्रशिक्षण लिएर आफ्नो आत्मरक्षा र मनोबल बढाउन जरुरी रहेको उनकाे भनाई छ । उनी स्वास्थ्यले साथ दिएसम्म निरन्तर तेक्वान्दो खेललाई नै आफ्नो कर्म बनाउने र भावि दिनमा सम्बन्धित निकाय/सराेकारवालाले साथ र सहयाेग गरेमा देशकालागी केही दिएर जाने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय