विजय धिमाल
उर्लावारी १३ असार
धान रोप्ने समय सुरु भैसकेको अवस्था छ । कतै रोप्न धमाधम त कतै पानी परेपछि राेपाैंला भन्ने आशामा छन कृषकहरु । कतै दिनहु पानी परी जलमग्न त कतै पहाडी भेगमा पहिराे गएकाे अवस्था छ भने कतै खडेरि लागेको अवस्था छ । समय र परिस्थिति अनुसार मौसम पनि फेरबदल भएको आम मानवमा महसुस भएको छ ।
उ बेला कृषकहरु धमाधम खेतमा काम गरेको हुन्थ्यो तर अहिले पानीको आशमा आराम गर्दै बसेको अवस्था छ कृषकहरु । थाेरै जग्गा भएकालाई पम्पबाट पानी ठिकैहाे तर धेरै जग्गा भएकाे अवस्थामा कसरी अन्न उत्पादन गर्न सकिन्छ ? नेपाल कृषि प्रधान देश भएपनि अझै पनि आकाशे पानीकै भरमा नेपालको कृषि चलेको अवस्था छ । यस्तो अवस्थालाई कसरी नेपाललाई कृषि प्रधान देश भनेर नामाकरण गरे ति शाशक भनौदाहरुले यसमा प्रश्न उठछ । कयौँ बर्ष देखि कृषकहरु आकाशे भरमै अन्नवालि फलाउन बाध्य छन् । यस्तो अवस्थाहरु पर गर्दै भएपनि नेपाली कृषकहरुले खेतिगर्दै आएका छन् । नेपाली कृषक को मर्म खोई त नेपाल सरकार र कृषि मन्त्रालयले बुझेको ? नेपाली कृषक यति मेहनति र इमान्दार छन माथीका ठुला भनौदाका कारण केहि गर्न नसकेको अवस्था छ । कृषकहरुले माग गरेको मल बिउ समेत उपलब्ध गराउन सक्दैन नेपाल सरकार र कृषि मन्त्रालयले । तै भएर होला छिमेकी राष्ट्र बाट अन्न वर्षेनि लाखौ/करोडौँ रकम बराबरको भित्राइएको अवस्था छ । हाम्रो नेपाल यति अन्न उत्पादन गर्न सक्ने देशहो आफ्नो देशलाई भोकमारी बाट टाँढा राखी अन्य देश सम्म विक्रितिरण गर्न सक्ने क्षमता छ । तर त्यो क्षमता नेपाल सरकार, कृषि मन्त्रालय र राजनिति गर्ने नेताहरुकै कारणले गर्दा उक्लिन नसकेको प्रष्ट छ । मानौँ कुनै ठाउँ कुनै काम गर्न लाग्यो राजनिति हावि हुन्छ । पहिले मिलेर नै सामाजिक काममा अग्रसर भएर काम गरेपनि अन्त्यमा राजनिति नै हावि हुन्छ । कृषि प्रधान हाम्रो देश अब कहिले सम्म आकाशे भरमै कृषि काम गरिरहने ? कृषि गर्नेलाई पनि सुख छैन नेपाल जल स्रोतको दोश्रो धनि देश विद्युत उत्पादन गर्न सक्ने क्षमता पनि छैन । मानौँ एउटा गाउँमा पच्चास घर छ अहिले कम्तिमा पनि तिस/पैँतिस घरमा खेति गर्न पानीकालागि पम्प जडान गरेको हुन्छ त्यति मात्रै कहाँहोर धान कुटाउने मिल हुन्छ, समिल हुन्छ त्यो ठाउँमा विद्युत आपुर्ति कम हुन्छ अब कसरी गर्ने खेति यहाँ प्रश्न खडा हुन्छ । विद्युतको भोल्टेज कमका कारण तार जल्ने, मोटर जल्ने, कुनै पनि काम पुरा नहुने समस्याहरु प्रशस्त छन । खैत सम्बन्धित निकायले यस्ता समस्याको हल गरेको ? यस्तो अवस्था भएपछि कृषि प्रधान देश भनाई भनाइमा मात्रै सिमित छ । यस्तो अवस्थामा नेपाली कृषकको समस्या र वेदना कसले बुझिदेला ? र अर्को हाम्रो नेपालीहरुमा जब राति अनि बुढी ताति अवस्था प्रबृत्ति देखापर्छ । हिउँदाे समयमा सबैको दिमागमा गोबर भरिएको हुन्छ वर्षा याम सुरुभएपछी दिमाग भित्रको गिदीले काम गरेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय