
उर्लाबारी १४ असार
माेरङकाे उर्लाबारी नगरपालिकामा उर्लाबारी जेसिजकाे आयाेजनामा नगरपालिका स्तरिय हाजिरीजवाफ प्रतियोगिता गरिने भएकाे छ । कार्यक्रम हुने मिति, समय र स्थान भने केही दिनमै जानकारी गराउने आयाेजक संयाेजकले जानकारी दिए ।
नियम/बिध:-
१.कक्षा १०, ११, १२ र स्नातक तहका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । एक समूह ३ जनाको हुनेछ।
२. कक्षा १० सम्म मात्र अध्यापन हुने विद्यालयले सहभागीता जनाउन चाहेमा छात्रा विद्यार्थीको समूहमात्र सहभागी गराउन सकिने ।
३. कुनै विद्यालय/क्याम्पसमा कक्षा १० देखी स्नातक तह सम्म नै अध्यापन हुने भए निम्नानुसार सहभागीता जनाउन सक्नेछन् । सहभागी पठाउँदा अनिवार्यरुपमा विद्यार्थीको नाम र कक्षा खुलाएर पठाउनु पर्नेछ । आयोजकले उक्त विवरण चेक–जाँच गर्नेछन् । विविरण फरक परेमा सहभागीता खारेज गरिनेछ ।
क) कक्षा ११, १२ वा स्नातक तहका विद्यार्थीहरु सहभागी हुन सक्ने ।
ख) कक्षा १० को विद्यार्थी समेत सहभागी गराउन चाहेमा ३ जना मध्ये १ जना (छात्रा) सहभागी गराउन सकिने ।
ग) कक्षा १० को मात्र विद्यार्थीको समूह निर्माण गरि सहभागीता जनाउन पाईने छैन ।
४. सहभागीता शुल्क रु. ५००।– (पाँच सय मात्र) लाग्नेछ ।
नोटः कुनै विद्यालयले विशेष कारण खुलाई सहभागीता शुल्क छुट माग गरेमा (लिखित पत्र मार्फत) छुट समेत हुन सक्नेछ ।
५. पुरस्कार राशी प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने समूहलाई क्रमशः रु. ९,०००।- ६,०००।– र रु. ३,०००।– तथा ट्रफि समेत हुनेछ । साथै, सम्पूर्ण सहभागीहरु तथा विद्यालयलाई सहभागीता प्रमाण–पत्र प्रदान गरिनेछ ।
६. सहभागी पठाउँदा अनिवार्यरुपमा १ जना वा बढी शिक्षक प्रतिनिधि पठाउनु पर्नेछ । जसमा, सामाजीक विषयको शिक्षक, नेपाली विषयको शिक्षक वा प्रद्यानाध्यापकलाई प्राथमिकता दिनुपर्नेछ । सहभागीता पठाउने पत्रमा प्रतिनिधि शिक्षकको नाम र बिषय अनिवार्य खुलाएको हुनुपर्नेछ ।
७. कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरुलाई दिवा खाजा तथा पिउने पानीको व्यवस्था आयोजकले गर्नेछ । सहभागीहरुलाई ल्याउने र लाने जिम्मा विद्यालय प्रशासनको हुनेछ ।
८. सहभागीताको लागि नाम दर्ता श्रावण ५ गते सम्म अनिवार्यरुपमा गरि सक्नुपर्नेछ । सो मिति भन्दा पछिल्लो मितिमा कुनैपनि शर्तमा सहभागीता दर्ता गरिनेछैन ।
९. कार्यक्रमको दिन विहान ९ बजे सम्म सम्पूर्ण सहभागीहरु कार्यक्रम स्थलमा उपस्थीत भई आफ्नो उपस्थीति दर्ता गर्नुपर्नेछ । सो भन्दा पछिल्लो समयमा आउनेलाई सहभागी गराईनेछैन ।
१०. हाँजिरी जवाफ प्रतियोगितामा प्रश्नावली निम्नानुसार अंकभार हुने गरी तयार गरिनेछ ।
क) उर्लाबारी नगरपालिका परिचय (शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा, धर्म, संस्कृति, खानेपानी, राजनीति, प्राकृतिक सम्पदा, पर्यटन, संघ–संस्था–कार्यालय, स्थानिय निकाय सिमाना): अंक भार–५५
ख) देश परिचयः अंक भार–२५
ग) अन्तराष्ट्रिय ज्ञानः अंक भार–१०
घ) विविधः अंक भार–१०
११. कार्यक्रम बारेका अन्य सूचनाहरु समेत यसै पेज मार्फत उपलब्ध हुनेछन् ।
विशेष नोटः कार्यक्रम हुने मिति, समय र स्थानको बारेमा कार्यक्रम हुनु भन्दा ४ दिन अगावै यसै पेज मार्फत सूचीत गरिनेछ । थप जानकारीको लागि कार्यक्रम संयोजकसँग सम्पर्क गर्न सक्नुहुनेछ । सम्र्पकः ९८५२०४४६७७
धन्यवाद !
उर्लाबारी जेसीज परिवार, उर्लाबारी, मोरङ