उर्लाबारी १४ असार
उर्लाबारी नगरपालिका वडा नं. ४ निवासी बर्ष ४५ का गुरूचन चाैधरि र छाेरी बर्ष १८ कि कुमकुम चाैधरीकाे झापाको शिवसताक्षीमा दुर्घटनामा मृत्युु भएकाे बुवा-छाेरीकाे हिजाे अपरान्ह ३ बजे उर्लाबारीकाे बक्राह घाटमा अनत्यष्ठी गरिएकाे छ । विराटनगरबाट सामान लिएर बिर्तामोड तर्फ जाँदै गरेको ट्रक मङ्गलवार बिहान झापाको शिवसताक्षीमा दुर्घटना भएकाे हाे । ट्रकले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको विवाहको जन्ती सवार कारलाई ठक्कर दिएको थियो । कारमा सवार मध्ये २ जनाको मृत्यु भयाे भने अन्य ६ जना गम्भीर घाइते भएका थिए । उनीहरूको बिर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको पारिवारिक स्राेतले जानकारी गराए ।
दुर्घटनाको कारण
प्रदेश १-०२-००१ प नम्बर प्लेटको ट्रक विराटनगर दुगर्ड कम्पनीको खुल्नमा आएकाे छ । घटनाका प्रत्यक्षदर्शी र प्रहरी समेतले पूर्वबाट आउँदै गरेको कारलाई उसकै साइडमा रहेकाे ट्रकले ठक्कर दिएको बताउछन् । ‘करिब १ सय ५० मिटर परबाट मोडिँदै आएको ट्रकले कारको साइड अर्थात् विपरीत साइड तिर गएर दुर्घटना गराएको हो ।’ कारले भाग्ने मौका नपाउँदा ठुलो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दुर्घटनामा ट्रक चालकको चरम लापरबाही देखिएको बताएका छन् । यद्धपी थप अनुसन्धान भइरहेको उनले बताए ।कारमा सवार सबै जन्ती
मोरङ उर्लाबारी- ४ का गुरुचन चौधरीको भान्जा भाइको विवाह गए राती बाह्रदशीको डाँगीवारिमा भएको थियो । उनीहरू सोमबार विहारमा जन्ती गएका थिए । रातभरको विवाहपछि बेहुला बेहुली लिएर फर्कँदै गर्दा चौधरीले चलाएको प्रदेश १-०१-००१ च ७४८२ नम्बरको कार भालु खोला माईधार सडकमा दुर्घटना भएकाे थियाे भने बेहुला बेहुली अर्कै गाडीमा सवार थिए । गुरुचनले आफ्नै कार चलाएका थिए । प्रहरीका अनुसार कारमा ७ जना सवार थिए । सवार मध्ये गुरुचन र उनकी १७ वर्षीय छोरी कुमकुमको मृत्यु भयो । घटनामा गम्भीर घाइते मध्ये गुरुचनकी श्रीमती सुजिताको विएण्डसी अस्पताल बिर्तामोडको सघन उपचार कक्षमा उपचार भइरहेको पारिवारिक स्राेत बताउछन ।
घाइते सबै एकाघरका
दुर्घटनामा मृतकका छोरा १० वर्षीय विवेक चौधरी, ३६ वर्षीय बहिनी मञ्जु देवी चौधरी, सो कारमा रहेका मध्ये रतुवामाई नगरपालिका वडा नम्बर १० का १९ वर्षीय रिकेश न्यौपाने र सोही ठाउँका शिवचन्द चौधरी घाइते भएका छन् ।
उता ट्रक चालक मोरङ बवियाविर्ता २ का ३६ वर्षीय भोला सदरदार पनि घाइते भई उनको पनि उपचार भइरहेको छ ।
गुरुचन उर्लाबारीका नामुद व्यापारी
दुर्घटनामा परि मृत्यु भएका चौधरी उर्लाबारीका व्यापारी हुन् । उनको इटहरी रोडमा काठ र स्टिलको उद्योग छ । उनले फर्निचरको कारोबार गर्ने गरेका थिए । उनको व्यापारमा परिवार नै संलग्न भएको स्थानीय नवराज भट्टराईले बताए ।
छोरी कुमकुम उर्लाबारीको सप्तकोसी अङ्ग्रेजी माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । मृतक दुवै जनाको शव मेची प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेर घर ल्याएका थियाे । चौधरीको २ छोरा र १ छोरी हुन् । दुर्घटनामा घाइते भएको विवेक कान्छो छोरा हो । ठुलो छोरा कारमा नआँटिएपछि घरैबाट मोटर साइकलमा नातामा काका पर्नेको जन्ती गएका थिए ।