जसले आफ्नै उम्मेदवार बिरुद्ध भाम्रक प्रचार छरे
मोरङ १९ असार
पार्टी संगठनको हित विपरित अराजक मच्चाउँदै हिड्नेलाई नै राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले बचाँउ गर्ने गरेको खुलासा भएको छ। राप्रपा मोरङ जिल्ला कार्यसमितिले साधारण सदस्य समेत नरहने गरी कारवाहीका लागि सिफारिस गरेको पार्टीका बेलबारी नगर उपाध्यक्ष पर्शु सुवेदीलाई बचाँउ गरेको खुलासा भएको हो । राप्रपाका मोरङ जिल्ला अध्यक्ष माधव प्रसाद आचार्यले कारवाहीका लागि तत्कालिन समयमा निकालेको बिज्ञप्तिमा सुवेदीका कर्तुतहरु सार्वजनिक गरिएको छ । सुवेदीले पार्टीको बैठकमा अराजक गतिविधि गरेको पदिय मर्यादाको पालना नगरेको, पार्टीमा गुटबन्दी गर्दै हिडेको बताईएको छ । बिज्ञप्तिमा सुवेदीका कर्तुत त्यतिमै सिमित छैन ।
पार्टीका मोरङ क्षेत्र नंम्बर ३ का अध्यक्ष तथा अग्रज नेता बागदल अधिकारीलाई अंगभंग हुने गरी कुटपिट गरिएको बताईको थियो । यतिसम्म कि पार्टीका केन्द्रीय अध्यक्षलाई समेत सामाजिक सन्जालमा उनले अन्टसन्ट लेखेर बिरोध गर्ने गरेका थिए ।
तर, उनै सुवेदीलाई कार्यकर्ताको भावना बिपरित अध्यक्ष लिङ्देनले बोकेर हिँडेको राप्रका स्थानीय कार्यकर्ताले बताएका छन् । उनीँहरुले भनेका छन्,‘पार्टीलाई भाडभैलो र बदनाम बनाउनेलाई संरक्षण गरेर हिड्दा साह्रै अपमानित भएका छौ । अचले पार्टी हामीलाई निल्नु न ओकल्नु भएको छ।’
उनै पर्शु सुवेदी लगायतले बिराटचौकमा असार ३० गते कार्यक्रम गर्ने बताईको छ।
उनीहरुले गर्ने कार्यक्रममा अधिकांश कार्यकर्ताहरु सन्तुष्ट छैनन् । कार्यक्रममा केन्द्रीय अध्यक्ष लिङ्देन र प्रवक्ता ज्ञानेन्द्र शाही आँउने बताईको छ ।
सो कार्यक्रममा राप्रपा नेताहरुको भाषण गर्ने तथा पार्टी प्रवेशको कार्यक्रम रहेको छ ।
‘पार्टीमा शुद्धिकरण आवश्यक छ, तर पार्टीमा अराजक गतिविधी गर्नेहरुलाई कारवाही गर्नुपर्नेमा उनीहरुलाई नै संरक्षण गर्दै कार्यक्रमको आयोजना गरिन्छ, लाजमर्दो भयो कानेपोखरीका एक युवा नेताले भने ।
स्मरण रहोस, पर्शु सुवेदी उनै हुन् । जसले गत आमनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा पार्टीका उम्मेदवार बिरुद्ध भाम्रक पर्चा फालेर असहयोग गरेका थिए । अन्यदलसँग साँठगाँठ गरेका थिए ।