उर्लाबारी २० असार
मोरङको मिक्लाजुङ गाउँपालिकाको १२ औं गाउँ सभाले आ.व. २०८०/०८१ काे आयव्यय विवरण र आ.व. २०८०/०८१ काे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
बुधबार मिक्लाजुङ गाउँपालिका वडा नं . ९ मा रहेको मधुमल्ला पार्टी प्यालेसमा भएको १२ औं गाउँ सभामा भएकाे हाे । गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले आ.व. २०८०/०८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै दोस्रो सत्रमा आ.व. २०८०/०८१ का लागी बिनियोजित बजेट मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले पेस गरेका थिए । बजेट माथि सभा सदस्यहरूले राखेका सुझाबहरूमा उपाध्यक्ष पौडेलले उत्तर दिँदै आ.व. २०८०/०८१ को बजेट पास भएको हो ।

आगामी आर्थिक वर्षको कुल बजेट ८१ करोड ६६ लाख २८ हजार तिन सय मध्ये चालु खर्च ४२ करोड ५ लाख ६३ हजार ५७४ र पुँजीगत तर्फ ३९ करोड ६० लाख ६४ हजार ७२६ रुपैयाँ बिनियोजन गरीएकाे जानकारी गराए । आर्थिक वर्षकाेलागि बजेट निर्माण गर्दा उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्ने कृषि, स्वास्थ्य शिक्षा क्षेत्रको गुणस्तर सुधार, पिछडिएको बर्ग र क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरण, वातावरण संरक्षण तथा प्रकोप व्यवस्थापन, सामाजिक सुरक्षा र युवा महिला तथा नाबालिकाको क्षमता विकासलाई प्राथमिकता दिइएको प्रतिदिनमा उल्लेख छ ।
१२ औं गाउँसभाका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको प्रमुख आतिथि, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी कुमार राईको अध्यक्षतामा भएको थियाे भने कार्यक्रमको सञ्चालन मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल्लभ बरालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय