
उर्लाबारी-२५ असार
विजय धिमाल
माेरङकाे उर्लाबारी नगरपालिका स्थित “प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव” २०७९ माघ २१-२९ गते सम्म संचालन भएकाे महाेत्सवकाे संघले हिसाब सार्वजनिक गरेकाे छ ।
असार २५ गते सोमबारका दिन उद्योग वाणिज्य संघकाे सभाहलमा पत्रकार बाेलाई हिसाब सार्वजनिक गरिएकाे हाे । महोत्सवबाट करिब डेर कराेडकाे काराेवार गरिएतापनि दैनिक हजाराैंकाे उस्तिथि रहने गरेकाे साे मध्ये महाेत्सवका ठेकेदार संगकाे एग्रिमेन्ट अनुसार प्राप्त रकम १०,०२,५७९/- (दस लाख दुई हजार पाँच सय उन्नासी रुपैया) बचत भएकाे महाेत्सव संयाेजक चन्द्रबहादुर भट्टराई (भरत)ले जानकारी दिएका हुन । महाेत्सव सफल पार्न सहयाेग गर्ने व्यक्ति, संघसंस्था, ११ सदस्यीय महोत्सव ब्याबस्थापन समिती, मुल आयोजक समितिमा रहनु हुने सबै राजनीति दलका नगर अध्यक्ष तथा प्रतिनिधि ज्युहरु, सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु, पत्रकार ज्युहरु, सुरक्षा निकायका प्रमुख ज्युहरु, विभिन्न उपसमिततिमा रहनु हुने महानुभाव ज्युहरु, बोर्डका कार्यसमिति, लेखा समिती, सल्लाहकार समिती तथा पुर्व अध्यक्षज्युहरु, उर्लाबारीका ३६ वटा सहकारी संजाल, प्याप्शन उर्लाबारी, नेपाल आदिवासी जनजाति महासंघ समन्वयबाट एक्दमै सहयाेग भएकाे भन्दै उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भन्डारीले सबैलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम संयोजक : श्री चन्द्रबहादुर भट्टराई (भरत) सह – संयोजक प्रितम खड्की रहेका थिए भने संरक्षक: उर्लाबारी नगरपालिका, सह- प्रायोजक, दमक नपा, पथरी शनिश्चरे नपा, रतुवामाइ नपा र मिक्लाजुङ्ग गाउपालिका रहेकाे थियाे । मुख्य प्रायोजक भने
पिएलआे, नेपालीरिका हाेटल, सह-प्रायोजक : यति डिस्टिलरी प्रालि, त्रिवेणी ग्रुप र लक्ष्मी ग्रुप रहेका थिए । केन्द्र र प्रदेश उद्योग वाणिज्य महासंघका पदाधिकारीज्युहरुबाट सहयोग प्राप्त रहेकाे प्रायोजक बैकहरु : एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, एडिबिएल बैंक, ग्लाेबल आएमई बैंक, नेपाल बैंक, कुमारी बैंक तथा नेको इन्स्योरेन्स कम्पनी रहेकाे थियाे ।
Managed By : Vivid Expo, Ktm (CEO Mr. Lalit Simkhada
#urlabaricci Urlabari Chamber of Commerce & Industry – UCCI
हिसाब सार्वजनिक कार्यक्रम महासचिव : हेमराज गुरुङ्गले संचालन गरेका थिए ।
#https://fb.watch/lHBzyAArAM/