दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी २५ असार
मोरङको उर्लाबारी-२ काे कृष्ण चोकदेखि सुनझोडा सामुदायिक वनसम्म पुग्ने ५.५ किलो मिटर फोर लेनको सडक निर्माणगर्न शिलान्यास विहान ११ः ४५ बजे भएकाे तयारी राेकिएकाे छ ।
शिलान्यास कार्यक्रम तामझाममा लागीपरेकाे अन्तिम समयमा विवाद निकालेर शिलान्यास रोकिएकाे हाे । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेललाई प्रमुख अतिथिका लागि निम्ताे थियो तर प्रमुख खरेल शिलान्यास कार्यक्रममा उपस्थित भएन । साे शिलान्यास कार्यक्रममा पुगेका वडा नं. २ र ३ का वडाध्यक्षलाई खरेलले तत्काल शिलान्यास रोक्नु भनेपछि उनिहरु फर्किए । स्थानीयबासी भने सडक निर्माण सुरु हुने भएपछि उत्साहका साथ कार्यक्रममा पुगेका थिए तर, नगरप्रमुख खरेलले विवाद देखिएको भन्दै शिलान्यास रोक्न आदेश दिएका थिए । उत्साहका साथ पुगेका स्थानीयबासीले नगरप्रमुख खरेलले शिलान्यास रोकेको भन्दै आक्रोशित बनेका थिए । विकासको काममा राजनीति खिचातानी भएको भन्दै स्थानियले विरोध जनाएका थिए । स्थानीयबासीले निर्माण कार्य नरोक्न र साथ दिन तयार भएपछि स्थानीयकै रोवहरमा शिलान्यास गरिएको छ ।
विश्व बैंकको सहयोगमा ३९ करोड ५७ लाख रुपैयाँ लागतमा सडक निर्माणका लागि ठेक्का आब्हान भएको थियो । त्यसमा सिपेल इन्फ्रा क्रेच कालोनी सनाथ नगर हैदराबादले ३६ करोड १२ लाख ४३ हजार ६ सय १६ रुपैयाँमा ठेक्का पाएको थियो । स्थानीय कृष्ण चोकदेखि सुनझोडा सामुदायिक वनसम्म पुग्ने ५.५ किलो मिटर फोर लेनको सडक निर्माण गर्ने सम्झौता भएको थियाे ।
मुख्य ठेकेदार कम्पनीका प्रबन्धक निर्देशक राजेशकुमार सिंहले फोर लेनको सडक निर्माण कार्यका लागि उर्लाबारीका ठेकेदार अर्जुन तुम्रोकलाई जिम्मेवारी दिएको बताए । यस अघिका ठेकेदारले काम नगरेकोले उक्त सम्झौता रद्ध गरी गुणस्तर काम गर्ने सम्झौता अनुसार ठेकेदार तुम्रोकलाई जिम्मेवारी दिएको बताउछन् । यता स्थानीय ठेकेदारको जिम्मेवारी पाएका तुम्रोकले ४ दिन अघि मुख्य ठेकेदार कम्पनीसँग सम्झौता गरेको बताए, ठेक्का पाउने वित्तिकै काम थालेको र १८ देखि २० महिनाभित्र सम्पन्न गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए । ‘नाफा घाटा होइन मेरो गाउँको बाटो हो’ उनले भन्दै-‘ठेकेदार निर्मल उप्रेतीले काम नगरेकाले सम्झौता तोडेर नयाँ सम्झौता गरिएको हो ।’ सुरुमा ठेक्का दिएको कम्पनीले दोस्रोलाई ठेक्का दिईसकेको र फेरि सुरुको कम्पनीले दोस्रोलाई थाहै नदिई तेस्रोलाई ठेक्का दिएको जानकारी आएपछि आफुले शिलान्यास रोकेको नगरप्रमुख खरेलले बताउछन । वडा अध्यक्षहरु, ठेक्का लिने ठेकदारहरु, नगरप्रमुखलगायत टिमले शिलान्यास रोकिएपछि अघिल्लो प्रक्रिया र समस्या सावधानका लागि संयुक्त बैठक बसेको समेत जानकारी दिए । उक्त बैठकमा उत्पन्न भएको बिवादका कारण भोलिको दिनमा काम सुरु भएपछि कुनै पनि बाधा अवरोध सिर्जना नहोस भनेर प्रक्रियागत रुपमा अघि बढ्ने र चाँडै योजना अनूरुपको कार्यको थालनी हुने निष्कर्ष निकालेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय