उर्लाबारी २८ असार
विजय धिमाल
माेरङकाे उर्लाबारी स्थित उर्लाबारी नगरपालिकाकाे वित्तीय व्यवस्थापन, जेष्ठ नागरिक एकता समन्वय केन्द्र र नेपाली साहित्य समाजकाे आयाेजनामा नगरको सभाहलमा २०९ आैं भानु जयन्ती तथा साहित्यिक सङग्राह दुबाे वार्षिक विमाेचन भएको छ ।
उक्त पुस्तक उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, जेष्ठ नागरिक एकता समन्वय समिति प्रमाेद निराैला लगायत अन्य अतिथिबाट पहिलाे संस्करण विमाेचन गरिएकाे हाे । कार्यक्रममा जेष्ठ नागरिक, विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थी र साहित्यकारहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा उपस्थितहरुबाट कविता, गजल, मुक्तक, कथा समेत वाचन गरेका थिए । नेपाली साहित्य समाज उर्लाबारीद्वरा प्रकाशित पुस्तकमा समालोचना, विज्ञान प्रविधि, कथा, नियात्रा, संस्मरण, निबन्ध, धर्म संस्कृति, कविता, गजल, गीत र मुक्तक समेटिएको छ । नेपाली साहित्य समाजद्वारा असार १ गते निबन्ध र चित्रकला प्रतियोगिता आयाेजना गरेकाे थियाे । यसै कार्यक्रम बिच प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएकालाई प्रमाणपत्र संगै पुरस्कार वितरण समेत भएकाे थियाे । उक्त प्रतियोगितामा उर्लावारी नगरमा रहेका सामुदायिक तथा निजि गरी २४ वटा विद्यालयले सहभागी जनाएकाे थियाे । निबन्धमा प्रथम हुने अन्वेषा बस्नेत पशुपति आमावि, द्वितीय तृप्ती भण्डारी, तृतीय राेशनी भण्डारी भृकुटी माेडल एकाडेमी र सान्त्वना रुपेश न्याैपाने राधिका मावि उर्लाबारी ६ त्यस्तै चित्रकलामा प्रथम हुने सिमन राई दुर्गा मावि, द्वितीय डेविड कुमाल दुर्गा मावि, तृतीय निश्चल वनेम हिमालय बाल संन्सार र सान्त्वना साेनाम गुरुङ माेरङ माेडल भएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, विशिष्ट अतिथि जेष्ठ नागरिक एकता समन्वय केन्द्रका अध्यक्ष प्रमाेद निराैला र अतिथिहरुमा समाजसेवी जयधर्म आचार्य, बालचन्द्र सुब्बा लगायत रहेका थिए भने कार्यक्रम संचालन भने नेपाली साहित्य समाजमा महासचिव दधिराम ढकालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय