उर्लाबारी ४ साउन
कमल गाउपालीका -६ बाट उत्पादित बेला ब्राण्डको पानीमा अखाद्य वस्तु फेला परेको छ
बिहिबार उर्लाबारी-३ मंगलबारेस्थित एक पसलबाट स्थानिय पिपलराज गिरीले खरिद गरेको पानीको बोतलभित्र लेदो सहित किरा फेला परेको हो । प्रसोधित भन्दै प्रति लिटर २५ रुपैयाँमा विक्री गर्ने पानीमा अखाद्य वस्तु फेला परेपछि उक्त कम्पनीको चरम लापरवाही रहेको प्रष्टिएकाे छ । पानीमा लेदो सहित किरा भेटिएपछि जनस्वास्थ्यमा गम्भिर खेलवाड गर्न खोजेको बताउदै गिरीले कारवाही गर्नुपर्ने माग गरेका छन् । यस्तै वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले पानी जस्तो अति नै संवेदनशील खाद्य वस्तुमा लापरवाही भएको बताउदै उनले वडाका हरेक पसलमा अनुगमन गर्ने बताएका छन् ।
यसैबिच संयोगवस पानीको मार्केटिङ्मा मंगलबारे आएको उक्त कम्पनीको को १ च ८५३० नम्बरको टाटा योद्धा पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय