विजय धिमाम
उर्लाबारी २४ साउन
झापाको दमक स्थित गाेर्खा डिपार्टमेन्ट अगाडि किराँत लिम्बुवान प्रदेश नामाङकन अभियानकाे आयाेजनामा २९ औं बिश्व आदिवासी दिवस भव्यताका साथ गरेकाे छ ।
सहिद राजकुमार आङदेम्बे (माङताेक), मनिल तामाङ र पदमकुमार लिम्बु (लाजेहाङ) काे तस्बिरमा टिकालगाई खदा अर्पणगरि कार्यक्रमका प्रमुख अतिथि डाक्टर सिके राउत द्वारा उद्घाटन भएकाे हाे । ज्यान जाला अभियान नछाड्ने कसरी हुन्छ काेशी प्रदेश खारेज गरेरै छाड्ने खारेज नहुन्जेल आन्दोलन जारी रहने किराँत लिम्बुवान अभियानका संयाेजक प्रेमदिप लिम्बु (भाम्सुहाङ) बताए । राजनैतिक दलका ठुला पार्टी भनिएकाहरुले एक आपसमा झगडा गराई त्यसकाे प्रतिफल लिइरहेको, पहिला आदिवासी र पहिचानको आन्दोलनमा हुमिएकाहरुलाई जागरुक गराउन सके वा बुझाउन सके अभस्य सफल भइने र पहिचानको आन्दोलनमा कहिकतै नडगमगाई निरन्तर जारी राख्नुस मैले सक्ने साथ/सहयाेग जहिलै रहिरहने कार्यक्रमका प्रमुख अतिथि डा. सिके राउतले बताए । अवकाे पालाे वा आफ्नो पहिचान, संस्कार, संकृति, कला, इतिहास, आदिवासीकाे भूमिमा रहेकाे जल, जंगल र जमिन बचाउन युवाहरूको भुमिका आवश्यक रहेकाे सिल्पि समाजका अभियान्ता डाक्टर मित्र परियारले बेजोड आवहान गरे ।
कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउत, विशिष्ट अतिथि सिल्पि नेपाल अभियानका संयाेजक डाक्टर मित्र पिरयार, किराँत लिम्बुवान प्रदेश अभियानका संयाेजक प्रेमदिप लिम्बु, अतिथिमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, किराँत लिम्बुवान हङकङ प्रवास समितिका संयाेजक किरण लिम्बु, मुस्लिम समुदायका प्रतिनिधि लगायत थुप्रै पहिचान पक्षधरका नेताहरु रहेका थिए भने कार्यक्रमकाे सभापति भने अभियान्ता राधिका बिश्वकर्मा रहेका थिए ।
यता मोरङको उर्लाबारीमा नेपाल आदिवासी जनजाति उर्लाबारी नगर समन्वय समितिकाे आयाेजनामा विभिन्न जातजातिको झाकि प्रदर्शन गरि भव्यताका भएकाे थियाे । कार्यक्रमको विधिवत उद्घाटन भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँति द्वारा गमलाकाे फुलमा पानी हालेर गरेका थिए । नेपालमा रहेका आदिवासीका रैथाने संस्कृति र खाना लाई संरक्षण र प्रबर्द्धन गर्न सके बिश्व का पर्यटक लाई आकर्षण गर्न सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतिले बताए । मन्त्री किराँतिले राणा शासन फाल्न ,पंचायत फाल्न र राजतन्त्र फाल्न एकजुट भएका दलहरु भ्रष्टाचार विरुद्ध पनि एकजुट भएर लाग्न जरुरी भएको कुरामा जोड दिए । संस्कृति को रूपमा मौलाउदै गएको भ्रष्टाचार रूपी रोगलाई निर्मुलन पार्न सम्पुर्ण समुदाय र दलहरू एकजुट हुनुपर्ने बततए । कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँति, बिशिस्ट अतिथिमा प्रदेश पुर्व मन्त्री निर्मला लिम्बू , सांसद विद्या चाम्लिङ, उर्लाबारी नगर प्रमुख गंगा प्रसाद खरेल, अतिथिमा उपप्रमुख मिना खतिवडा पौडेल, पुर्व प्रमुख खडग फागो एवं आदिवासी अगुवा हरुले मन्तव्य राखेका थिए भने नेपाल आदिवासी जनजाति उर्लाबारी नगर समन्वय समितिका अध्यक्ष शम्सेर लिम्बुको अध्यक्षतामा भएको थियाे ।
त्यस्तै मोरङको पथरीशनिश्चरे-१ काे पुर्व स्टेण्ड छेउमा साकेला स्थलमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पथरी शनिश्चरेमा भव्यताका साथ विश्व आदिबासी दिवस मनाए । आदिवासी जनजातिहरुको अधिकारका लागि निरन्तर लागिरहेका अभियान्ता आङकाजी शेर्पाले कोशी प्रदेशको पुनः नामाकरण पहिचानको आधारमा हुनु पर्ने औल्याउँदै आफ्नो हक अधिकार स्थापित गर्न भविष्यमा आवश्यक परे सशक्त आन्दोलन गर्न तयार हुनुपर्ने बताए । सोहि अवसरमा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले नगरपालिकाभित्रका विभिन्न जातजातिका विविध समुदायको संस्कृतिको संरक्षण तथा संवर्द्धनको लागि पालिकाका तर्फबाट सधैंनै सहयोग गर्ने विश्वास दिलाए । साथै, उनले आगामी दिनहरुमा आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि जारी रहेको लडाईमा निरन्तर सफलताको मिलोस् भन्दै शुभ कामना व्यक्त गरे । नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिका पूर्व महासचिव आङ्काजी शेर्पा , किराँत राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राई लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा राई, लिम्बू, मगर, गुरुङ, धिमाल, भुजेल, राजवंशी, थारु, नेवार, माझी, सन्थाल, उराउ, सुनुवार, याक्खा, शेर्पा, दनुवार लगायत १८ भन्दा बढीको झाँकी तथा नृत्य प्रस्तुत भएकाे थियो । सांस्कृतिक झाँकी प्रस्तुत अघि आदिबासी जनजाति अधिकार र पहिचानसम्बन्धी प्लेकार्ड सहित पथरी बजार परिक्रमा गरिएको थियो कार्यक्रममा १,२ र ८ का वडा अध्यक्ष क्रमश: भीम कुमार राई, नवीन जंग कार्की साथै पहिलो संविधान सभाका सदस्य चण्डी प्रसाद राई, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी प्रसाद भण्डारी, लगायतको उपस्थिति रहेको थियो भने नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेमको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
संयुक्त राष्ट्र संघको महासभाले सन १९९३ लाई विश्व आदिबासी दशकको रुपमा मनाउने निर्णय भएदेखि अगष्ट ९ मा विश्वभरका आदिबासी जनजातिहरुले दिवस मनाउदै आएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय