उर्लाबारी २५ साउन
माेरङकाे उर्लाबारीमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान)ले संयुक्त पत्रकार सम्मेलन गरेकाे छ ।
सरकारले निजी विद्यालयहरुको माग नसमेटी शिक्षा विधेयक ल्याएको भन्दै प्याब्सन अफिसमै पत्रकार सम्मेलन गरेकाे हाे । सम्मेलनमा उनीहरूले आफ्नाे माग पूरा नभएसम्म आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका छन् । शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको उनीहरुकाे टिप्पणी गरेका थिए । निजी विद्यालयलालाई शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल नगरेको, सामुदायिक विद्यालयलाई राम्रो बनाए निजी विद्यालयको आकर्षण स्वतः घट्ने भन्दै आफूहरु गुठीमा आवद्ध हुन नचाहने, एक त निजी विद्यालयलाई यस विषयमा नसोधी विधयेक बनाएर पेस गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
निजी लगानीका शिक्षण संस्थाका सञ्चालकहरूले विद्यालय अनिश्चितकालीन बन्दसम्मका कार्यक्रम राखेर केही दिनयता चरणबद्ध आन्दोलन घोषणा समेत गरेका छन्।