
उर्लाबारी २७ साउन
धिमाल जातीय विकास केन्द्रीय कार्यालय सुन्दर बनाउने हेतुले Bottle Palm र आँपकाे बिरुवा प्रदान गरि राेपण गरिएकाे छ ।
शुक्रबार स्वर्गीय बुवा खुइलाल नुनिया धिमालका छाेरा बिर्तामोड ४ खुलाल डेरा निवासी हरी नुनिया धिमाल र छोरी बैसाबारी निवासी शान्ती कुमारी धिमालको संयुक्तरुपमा प्रदान गरिएको हाे । धिमालहरुको एक मात्र गौरबशाली जातीय संस्था प्रतिको माया सदभाव कर्तब्य जिम्मेवारी साथै सुन्दर, बलियो, सक्षम बनाउने भावनाको बिकास साथै सस्कार हामी आम धिमालहरु सकारात्मक रुपमा लागिपरे सबै राम्रो हुने हरी बताउछन् । उनकाे सहयाेग पहिलाे पटक हैन पटक-पटक जातीय केन्द्र, धिमाल समुदाय र समुदाय भित्रका व्यक्तिहरुलाई आर्थिक तथा भाैतिक सहयाेग गरिरहेकाे देख्न सकिन्छ । हरी नुनिय धिमाल धिमाल समुदाय र व्यक्तिलाई सकारात्मक रुपमा सल्लाह, सहयाेग तथा सचेत गराउन धिमाल सचेत समुह संस्थाकाे संयाेजक समेत हुन । उनी बाेलेर भन्दा काम गरेर देखाउने सहयाेगी तथा मनमारी व्यक्ति हुन हरी । उनकाे स्वर्गीय बुवाकाे स्मृतिमा ६ ओटा bottle palm र २ ओटा आँपका बिरुवाहरु सौजन्य गरि परीसर भित्र रोप्ने काम गरेका थिए ।