उर्लाबारी १७ भदौ
संञ्चार क्लब नेपाल उर्लाबारी मोरङको २० आैं साधारणसभा बाट अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् ।
शनिवार जय बशिष्ट रिसाेटकाे हलमा खुल्ला र बन्दशत्र सकि संचार क्लबको अफिसमा चुनाब भएकाे थियाे । साे चुनाबबाट आएको मत परिमाण अनुसार खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काकाे प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाए भने अर्को प्रतिस्पर्धी विजय धिमालले १ मत ल्याए ।
अध्यक्षमा निर्वाचित भएका खड्का यसअघि संचार क्लबका उपाध्यक्ष रहेका थिए भने भण्डारी पुर्व अध्यक्ष हुन् । धिमाल निर्वतमान महासचिब हुन् । महासचिबमा तिलक नेपाली निर्वाचित भएका छन् । उनले २३ मत ल्याएर बिजयी हुँदा प्रतिस्पर्धी प्रेमकेडी भट्टराईले १६ मत पाए ।
संचार क्लबको अध्यक्ष र महासचिब पदमा निर्वाचन भएको थियो । अन्य पदमा सर्वसम्मत भएको छ । क्लबको उपाध्यक्षमा सुमन घिमिरे, सचिब खनेन्द्र राइ, कोषध्यक्ष इश्वर दुलाल सदस्यमा रेनुकादेवि निराैला र खड्ग वेदना चयन भएका छन् । नाै कार्यसमिति मध्ये दुई सदस्य क्लबकाे पहिलाे बैठकले मनाेनित गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।
कार्यक्रममा लिला गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार खड्ग बेदना र किशोर श्रेष्ठ त्यस्तै दाताराम-पद्मावति खतिवडा स्मृति पत्रकारिता पुरस्कार मन नेम्वाङ र रेनुकादेबि निरौला र मन नेम्वाङ पुरस्कृत भएका थिए ।
कार्यक्रमकाे प्रमुख अतिथि प्रदेश नम्बर १ (१) का सांसद उमाकान्त गाैतम, बिशिस्ट अतिथिमा सांसद विद्या चाम्लिङ, शाेभा पालुङ्गा र उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल त्यस्तै अतिथिहरुमा नगरपालिकाका उपप्रमुख मिनादेवी खतिवडा, उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागाे, राजनैंतिक दलहरु, संघ सस्थाका प्रतिनिधिहरु, उद्योगी व्यवसायी, सामाजिक अभियान्ताहरु लगायत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय