उर्लाबारी फुटबल क्लब द्वारा १४ वर्ष मुनिका खेलाडी हरुलाई दुई वर्षे प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
उर्लाबारी नगरपालिकाको सहयोगमा गत जेठ २१ देखि असार ३ सम्म सञ्चालित अन्तर बिद्यालय फुटबल प्रतियोगिता बाट प्रारम्भिक छनौट गरिएका ७० जना बाट गत साउन १६ गते अन्तिम छनौट गरिएका ४६ जना १४ वर्ष मुनिका खेलाडी हरुलाई समाबेश गरि प्रशिक्षण कार्यक्रम सुरु गरिएको क्लबका अध्यक्ष एवं एन्फा केन्द्रिय सदस्य दिपेन्द्र धिमालले जानकारी दिए ।
नयाँ खेलाडी उत्पादन र लागु-औषध विरुद्ध जागरणका लागि उमेर समुहका खेलाडी समाबेश गरि प्रशिक्षण सुरु गरिएको कार्यक्रम २ वर्ष सम्म संचालन गरिने योजना रहेको क्लबका सदस्य एवं प्रशिक्षक बिसाल तामाङले जानकारी दिए । स्थानीय राधिका मा बि को खेलमैदानमा आयोजित प्रशिक्षण लाई उर्लाबारी नगरपालिका, जिल्ला फुटबल संघ र एन्फा बाट सहयोगको आशा गरिएको क्लबका कोषाध्यक्ष योगराज फागो को भनाइ रहेकोे छ ।