मोरङ १९ भदौ
युवा संघ नेपाल कोशी प्रदेशको अध्यक्षमा युवा नेता शंकर बजगाईले उम्मेदवारी दिने भएको छ ।
निडर, हक्की र स्पष्ट बक्ताका रुपमा चिनिएका बजगाई सामाजिक काममा पनि उत्तिकै क्रियाशिल छन । यहि भादाै २३ र २४ गते धरानमा हुन गईरहेको युवा संघ कोशीको अधिवेसनमा आफ्नो उम्मेदवारी पक्का रहेको बजगाईले जानकारी दिए । गुट उपगुट भन्दा पनि सबैको साझा उम्मेदवारको रुपमा आफुलाई उभियाएको बजगाईकाे तर्क छ ।
अध्यक्षको लागि आफु योग्य उम्मेदवार रहेको बताँउदै बजागाईले भने, क्षमता भएको र संगठनलाई चलयमान बनाउन सक्नेलाई नेतृत्वमा ल्याउनुपर्छ, म मा त्यो क्षमता छ । मलाई विश्वास छ सबैको साथ सहयोग पाउनेछु । पार्टी संगठनमा निक्कै क्रियाशिल शंकरको दावेदारीले युवाहरु खुशी भएका छन् । उहाँहरुको विश्वास छ, शंकर बजगाँईको नेतृत्वमा राष्ट्रिय युवा संघ कोशी प्रदेशले ऐतिहाँसिक सफलता, संगठन बलियो, चलयमान, संगठन गरिमा बढ्ने देखी लिएर ‘संगठनले हरेक क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा विश्वस्त छौ ।
शंकर संगठनमा मात्र नभएर संगठन बाहिर पनि उत्तिकै लोकप्रिय छन । पार्टी भित्र बाहिर युवाहरुले सामाजिक काम, समस्या, साथ सहयोगमा शंकरलाई नै खोज्ने गरेको पाईन्छ । गाउँ समाजमा दिनदुखी असाहय दुखबिराममा परेकोहरुले शंकरको साथ सहयोग र पहलकदमीले दुखमा मल्हम पट्टी लगाँउदै आएका छन् । बजगाईले संगठनलाई बिधि, पद्धती र नयाँ दिशमा अगाडी बढाउन आफ्नो उम्मेदवारी रहने बताए । युवा पुस्तालाई स्थापित गर्न, राजनितीलाई ‘संस्कारयुक्त बनाउनका लागि म अगाडी सरेको हुँ, बजगाईले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय