उर्लाबारी २२ भदाै
नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय उर्लाबारीले उर्लाबारी ४ मा अवस्थित परिवर्तन टोलमा सर्प दम्स उपचार केन्द्रको सेवा प्रारम्भ गरेको छ ।
उक्त उपचार केन्द्रको समुदघाटन उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेले गरेका थिए । सेवा केन्द्रमा पोर्टेवल भेन्टिलेटर सहित ६ सैयाको व्यवस्था रहेको छ । उक्त केन्द्रमा ४ जना स्वास्थ्यकर्मी र आवस्यकताका आधारमा विरामीको सेवामा डाक्टरको सेवा समेत दिने प्रबन्ध गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल रहेका थिए भने विशिष्ट अतिथि पथरी नगरपालिकाका प्रमुख मोहन तुम्बापो त्यस्तै अतिथिहरुमा उर्लाबारी नगरपालिकाका उपप्रमुख मीना पौडेल, रेडक्रस जिल्ला शाखा मोरङका सभापति सुबोधकु.सिङ त्यसैगरि उपशाखाका पुर्व सभापतिहरु, राजनीतिक दलका प्रमुखहरु, संघ संस्थाका प्रमुखहरु ,स्थानीय जनप्रतिनिधिहरु, रेडक्रसका आजीवन सदस्यहरु, स्थानीय जनसमुदायको भव्य उपस्थितिमा सम्पन्न भएकाे थियाे । यसै कार्यक्रमबिच जग्गादातालाई सम्मान समेत गरिएको थियोे । नेपाल रेडक्रस उपसाखा उर्लाबारीका सभापति भानुभक्त शर्मा पराजुलीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे भने, स्वागत उपाध्यक्ष भगिरथा अधिकारीले गरेकिथिइन कार्यक्रम सन्चालन सचिब गोपाल रिमालले गरेका थिए ।