माेरङ २५ भदौ
पुर्वी मोरङको लेटाङ नगरपालिका-९ जाँते मा रहेका भाइरल शिवशक्ति बाबाकाे नामले परिचित हुन सुजन मगर । निकै लामो समय देखि उनि तान्त्रिक र प्राकृतिक माध्यमबाट उपचार विधि अपनाएर नबोल्नेलाई बोल्ने, हिड्न नसक्ने लाई हिड्न सक्ने बनाएको ज्वलन्त छ । उनले गरेकाे कामकाे विभिन्न सञ्चार माध्यममा भिडियो नै देख्न पाइन्छ । हाम्रो टिम बाबा निवासमा पुग्दा धेरै मात्रमा बाबा को बिश्वास गरेर बिमारीहरु देख्यौं ।
यही शिल्सिलामा भाइरल शिभ शक्ति बाबा सँग गरिएकाे कुराकानी:-
*बाबा तपाइकोमा कस्ता-कस्ता बिमारीहरु आउने गर्छन ?
– मेरोमा धेरै जस्तो हात खुट्टा नचल्ने, बोली नआउने, डाक्टर ले नसकेका बिमारी आउछन् र धामीझाँक्री, बाबाको विश्वास गर्नु हुन्छ उहाँहरु आउने गर्छन् ।
*अहिले सम्म तपाईंले कति बिमारीहरु निको पार्नु भयो ?
-धेरै बिमारीहरु यहाँ आउछन् त्यो सबै डाटा त राखेकाे छैन तर पनि मेरोमा आउने बिमारी मध्ये ९५% बिमारी निको भएर गएको धेरै छन् ।
*हामिले विभिन्न सञ्चार माध्यममा देखेको, सुनेको तपाईंले बिमारी सँग चर्को रकम असुल गर्नु हुन्छ भन्ने छनि केहो वास्तविकता ?
-भन्नेले केके भन्छन त्यो म त्यतातिर जान चाहान्न आफ्नो कर्ममा तल्लीन हुन्छु, मैले के गरेको छु, कसरी गरेको छु मलाई भेटेर वा यहाँ भएका बिमारी सँग सोध्दा हुन्छ । मैले कसैलाई वा काेहिसंग एक रुपैया माग्दिन उल्टै यहाँ बसेर उपचार गरेका बिमारीलाई खाना/बस्न समेत सित्तैमा वा बिना पैसा गरेको छु ।
*सबैलाई बिना पैसा गरेको छु भन्नू हुन्छ अनि यहाँ बस्नेलाई खाना खुवाउनको लागि कसरी आर्थिक ब्यावस्थापन गर्नु भएको छ ?
-यस्तो हो यहाँ आएर उपचार गरेर निको भएर जानेले आफ्नो मनले जति पैसा मन्दिरमा चढाउनु हुन्छ त्यहीबाट अहिले सम्म गरिरहेको छु ।
*विभिन्न मिडियामा ठगी धन्दा भनेर तपाईंको समाचारबारे के भन्नू हुन्छ ?
-जस्ले मेरो बिरुद्ध समाचार बनाउनु भएको छ सबैलाइ धन्यवाद । केही राम्रो काम गर्दा नराम्रो बनाउन खोज्ने धेरै हुन्छन तर यति हो मिडियाका साथी भाइहरुलाई मेरो अनुरोध छ सत्यतथ्य के हो बुझेर लेखिदिनुहोला भनी अनुरोध गर्दछु ।
*अन्तिममा तपाइको भनाइ के छ ?
जसले जे भनेपनि मेरो काममा विश्वास गर्नेलाई यति भन्छु विभिन्न हल्ला को पछि नलाग्नुहोला एक पल्ट आएर हेर्दिनुस के रहेछ अनि तपाईंहरुले थाहा पाउनु हुनेछ । जय सम्भु ।