
उर्लाबारी ३ असाेज
माेरङकाे उर्लाबारी नगरपालिका वडा नम्बर-५ मा अवस्थित कुमारी बचत तथा ऋण सहकारी संंस्था लिमिटेडकाे १६ अौं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ ।
उद्योग वाणिज्य संंघ उर्लाबारीकाे सभाहलमा साधारणसभा भएकाे हाे । उर्लाबारी लगायत छिमेकी नगरहरु गरी जम्मा ९२३ सेयर सदस्य रहेकाे छ । यस लिमिटेडकाे शेयर पुँजी जम्मा १ कराेड ७ लाख १७ हजार ५०० सय रहेकाे छ र कुल काराेवार भने ८ कराेड ३४ लाख ६९ हजार ५ सय ४२ रुपैयाँ रहेकाे छ । यस वर्ष कुमारीले ९ लाख ३० हजार १सय ४६ रुपैयाँ नाफा गर्याे । यस वर्ष जम्मा २९ शेयर सदस्य बढेकाे । साधारणसभामा दुई सय कित्ता माथिकाे शेयर सदस्य, सदस्य भई ५ वर्ष पूरा गरेका ७० वर्ष माथीका २० जना ज्येष्ठलाई शेयर सदस्य सम्मान तथा पुरस्कृत गरियो, छात्रवृत्ति, उत्कृष्ट बाल बचत, अधिक वचत कर्ता र असल ऋणीहरुलाई पुरस्कृत तथा सम्मान गरेकाे थियाे भने अपाङ्गता सहायता, विभिन्न ठुलाे राेगलागेकालाई आर्थिक सहयोग, सर्पदंश/दुर्घटना र प्रसुति खर्च रहेकाे छ । आर्थिक वर्ष २०८०/०८१ काे भावि कार्यक्रमकाे प्रतिवेदन समितिका अध्यक्ष मणिलाल श्रेष्ठले प्रस्तुत गरेका थिए भने आर्थिक प्रगति प्रतिवेदन समितिका सचिव यशाेदा श्रेष्ठले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि नेवा द भ्युका केन्द्रीय सदस्य तथा समाजसेवी प्रकाश खड्की, विशिष्ट अतिथिमा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रितम खड्की बिशिस्ट अतिथि रहेका थिए भने अतिथिहरुमा विभिन्न संघसंस्थाबाट रहेका थिए ।