
उर्लाबारी ३ असाेज
उर्लाबारी नगरपालिकाले आठौँ संविधान दिवस बुधबार उर्लाबारी नगरपालिकाको आयोजनामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिले उर्लाबारी चौक र नगरपालिकाको प्राङ्गणमा साँझ दीप प्रज्वलन गरर मनाएको छ ।
दीप प्रज्वलन कार्यक्रममा सहभागी सबैलाई नगर प्रमुख गंगाप्रसाद खरेलले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा नगर प्रमुख खरेलसहित उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्षहरु रविन लामा, चिन्तामणि पौडेल, उर्मिला थापा, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, नेकपा एमालेका नगर अध्यक्ष गंगाप्रसाद बास्तोला, नेपाली काँग्रेसका नगर सचिव दीपक भट्टराई, माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष डिवी थापा, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीलगायत व्यापारी, व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारको उपस्थिति रहेको थियो ।