उर्लाबारी ४ असाेज
प्रत्येक वर्ष माेरङकाे उर्लाबारी नगरपालिकामा
सामुदायिक विकास मंचद्वारा आयाेजित छैठौँ संस्करणको उर्लाबारी रन बुधबार भव्यताका साथ सम्पन्न भएको छ ।
पुरुष र महिलातर्फका ४ वटा उमेर समुहका विधामा आयोजित उर्लाबारी रन २०८० मा पुरुषतर्फका अन्डर १२ र अन्डर १६ मा प्रेटेष्ट परेपछि ति बाहेक अन्य विधाका अन्तिम नतिजा घोषित भई पुरस्कार वितरण सम्पन्न भएको हाे । प्रेटेष्ट परेका उक्त दुई विधामाथी १ हप्ताभित्र निश्पक्ष छानविन गरी नतिजा घोषणा गरिने आयोजकले जनकारी दिए । महिला खुलातर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम, तरहराकी सचिना राई द्वितिय र धरानकी छिङ्विमाया राई तृतिय भए । उनीहरु तिनै जनालाई क्रमश: ३० हजार, १५ हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
यस्तै पुरुष खुलातर्फ गोरखाका संजय श्रेष्ठ प्रथम, काठमान्डौका भिम बहादुर रायमाझी द्वितिय र सुदुर पश्चिमका मोहनदेव जोशी तृतिय भएका थिए । उनीहरु तिनै जनालाई क्रमश: ३० हजार, १५ हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
त्यसैगरी महिलातर्फ भेट्रानमा धरानकी जमुना लिम्बु प्रथम र उर्लाबारीका चेतनु राई र मन्जु लिम्बु क्रमश: द्वितिय र तृतिय भएका थिए । उनीहरु तिनै जनालाई क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
यस्तै पुरुषतर्फ भेट्रानमा अर्जुनधारा झापाका जयनरेश सिंह प्रथम, धरानका धनकुमार राई द्वितिय र उर्लाबारीका हेमन्त लावती तृतिय थिए । उनीहरु तिनै जनालाई क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
महिलातर्फ अन्डर १२ मा भोजपुरका क्रमश: जुडी राई र रश्मी राई प्रथम र द्वितिय भएका छन् । यस्तै उर्लाबारीका मिस्यु धिमाल र मिना मुर्मु क्रमश: तृतिय र सान्तवना भएका थिए । उनीहरु चारै जनालाई क्रमश: ४ हजार ३ हजार, २ हजार र १ हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
यस्तै महिलातर्फ अन्डर १६ मा भोजपुरकी विनिता राई प्रथम, उर्लाबारीकी पियुस राई द्वितिय, धरानकी सेक्कुहाङ् राई तृतिय र उर्लाबारीकी विनिता तामाङ् सान्तवना भएका थिए । उनीहरु चारै जनालाई क्रमश: ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
विजेताहरुलाई शिवालय मन्दिरको सभाहलमा आयोजित एक कार्यक्रमबिच प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, विशिष्ट अतिथी उप-प्रमुख मिना खतिवडा, राजनीतिक दलका स्थानीय प्रमुख लगायतद्वारा पुरस्कार वितरण गरिएको थियो । यस्तै कार्यक्रममा उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, सिद्धार्थ एग्रीगेट प्रा.लि.का अध्यक्ष सचिन शाक्य, पञ्चावती अस्पतालका संस्थापक अध्यक्ष बालचन्द्र सुब्बा , उर्लाबारीका क्रियाशिल राजनितीक दलको तर्फबाट नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बुलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक घनेन्द्रप्रसाद दुलालको सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय